FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धानबालिमा किरा लागेपछि किसान चिन्तीत

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    धानबालिमा किरा लागेपछि किसान चिन्तीत

    मोरङ । कोरोना भाइरसले महामारीको रुप लिइरहेको बेला मोरंङका किसान समस्यामा परेका छन् । रोगको महामारीसँगै धानबालि किराले सखाप पार्न थालेपछि उनीहरु चिन्तीत बनेका छन् ।
    बर्खायाम सुरु भए संगै मोरङ सुन्दरहरैंचा वडा २ जोगियारे टोलका किसानले रोपाई त सकाए तर बर्खाकै कारण बाढीले बाँध फुट्दा अहिले किसानको धानमा सुक्खा लागेको छ। पुरन बाँध पैनीले २ सय बिघा क्षेत्रफललाई सिचाई सुबिधा पुर्याएको छ।

    यहाँका किसान आज भन्दा सयौ बर्ष अघिको परमपरा अगाल्दै जेष्ठ महिना लाग्दा कुलो सफा गर्छन। अहिले बाढीले बाध नजिकै पानि निकास हुन् नसकेर पैनी फुट्दा किसान निकै चिन्तित बनेका छन्। स्थानिय सरकारबाट गत वर्ष थोरै भएपनि बाध निर्माणका लागि एजिंग वाल त लागे अहिले भत्किदा किसान कोरना संक्रमण बढिरहेको अवस्थामा सयौको संख्यामा भेला भएर आफ्नो बालि हुर्काउन आफै बाधन बाध्य छन्। अर्को तर्फ भने समयमा मल नपाउदाको समस्याले उतिकै पिरोलिएको छ। बाइट किसान

    पुरन बाँध पैनी समितिका संकरलाल गच्छदारले यस वर्षको उच्च बर्षाले पानि निकास हुन् नसक्दा भत्केको बताउछन भने स्थानियसंग बाधपैनीको सिचाईको लागि स्थानिय संग पहल गरिरहेको बताउछन।


    किसानको समस्या जहिका त्यहि छन् सरकारले कृषिका लागि बजेट र अनुदान छुट्याएपनि समयमा काम सपन्न हुन् नसक्दा आज यस्तो समस्या भोग्न बाध्य छन्। अहिले आधुनिक प्रविधिको युग आइसकेपनि यो ठाउँको लागि बोरिङ्ग अनुदान दिएपनि अझै संचालनमा आउँन सकेको छैन भने केहिले म्नात्र बोरिङ्ग बाट सिचाई गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित