- Loading...
तरकारी देखि मसलासम्म विदेशकै भर,एक महिनामा २५ करोडको मात्र जिरा आयात
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


काठडमौं । हामीले दैनिक भान्सामा उपभोग गर्ने तरकारी र खाद्यान्नको स्रोत के होला ? यस विषयमा धेरैलाई थाहा नहुनसक्छ । नेपालीको कुल २५ लाख हेक्टर कृषियोग्य जमिनमध्ये अनुमानित १० प्रतिशत जमिन बाँझो बनिसकेको अवस्था छ । तर, पनि हामीले कृषिप्रधान देशको मन्त्र जप्न छाडेका छैनौं र छाड्दैनौ पनि । किनकि हामीलाई कृषिप्रधान देश भनेर मन्त्र जप्न बानी परीसकेको छ, खेतबारी बाझो होस् या खेती गरेको ।

तपाईहरुलाई थाहा छ, हाम्रो प्रत्येक गाँसलाई स्वादिष्ट के ले बनाइरहेको छ ? हियाणाको चामल, उत्तर प्रदेशको साग, बिहारको खुर्सानी र हैदरावादको तेलले प्रत्येक गाँसलाई स्वादिष्ट बनाइरहेका छ । नेपाली भान्सामा पाक्ने तरकारी त परैको कुरा मसलामा समेत हामीले अर्काकै मुख ताक्नुपरेको छ ।
खुर्सानी, जिराजस्ता मसलाका लागि भारतकै मुख ताक्नुपर्ने अवस्था छ । कच्चा पदार्थ ल्याएर उद्योगमा प्रशोधन गर्ने कम्पनीहरु त थुप्रै छन् । तर, कच्चा पदार्थको लागि भारत कै भर पर्नुपर्ने बाध्यता छ । उद्योगीहरुका अनुसार नेपालमा उपभोग हुने बेसारको धेरै हिस्सा नेपालमा नै उत्पादन हुने गर्छ । यसबाहेक अलैँची, तेजपत्ता जस्ता थोरै मात्रै मसलाको आइटम नेपालमा पाइन्छ । तर चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै एक करोड ५६ लाखको कच्चा बेसार र ८० लाख रुपैयाँको धुलो बेसार आयात भएको भन्सार विभागको तथ्यांकले उल्लेख छ ।
एक महिनामा २५ करोडको मात्र जिरा भारत लगायतका देशबाट आयात भएको छ । त्यस्तै, भेनेजुयलाबाट ३ करोड रूपैयाँको राजमा आयात भएको छ । बंगलादेश बाट विभिन्न किसिमका आलु र माछाजन्य प्रजातिको सामान मात्रै १२ करोडको आयत छ । त्यो पनि लकडाउनको समयमा । त्यतीमात्र कहाँ होर एक महिनामा २७ लाखक रुपैयाँको दही स्पेनबाट आयात भएको छ ।
हामी किसानलाई कमजोर आर्थिक अवस्था भएको भनेर चित्रण गर्छाैं । तर किसानहरु पनि कहाँ कम छौं र ? भारतीय ट्याक्टरमा ‘इराकको पानी’ हालेर खेत जोत्छौं, अनि खेत बाँझो राख्न हुँदैन भन्दै तल खोलामा बग्ने कलकल पानीलाई समुन्द्र भेट्ने शुभकामना दिएर खेतबारीमा तोरी छर्छाैं । अनि धेरै फसल उब्जाउन भन्दै त्यसैमा रासायनिक मल हाल्छौं । उता, यही खोलाले लगेको पानीले हिन्दुस्तानलाई हराभरा बनाउँछ । अनि हामी त्यही हिन्दुस्तानबाट आयात गर्छाैं ३ अर्बको धान ।
स्विस सरकारको कमर्सियल एग्रिकल्चर फर स्मलहोल्डर एग्रिबिजिनेस कार्यक्रमले अध्ययन गरी २०२० को अप्रिलमा प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा तरकारी उपभोगको तथ्यांक पछिल्लो दुई दशकमा झण्डै दोब्बर भएको छ ।
एक जनालाई दुई दशकअघि प्रतिव्यक्ति प्रतिवर्ष ६० केजी तरकारी आवश्यक पर्दथ्यो भने अहिले प्रतिव्यक्ति प्रतिवर्ष ११४ केजी तरकारीको आवश्यकता पर्दछ । जनसंख्या वृद्धि, आर्थिक वृद्धि र आयस्तरमा वृद्धि र रेमिट्यान्सको बढ्दो प्रयोग नै यसको मुख्य कारण रहेको सो अध्ययनले देखाएको छ ।

