FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धनकुटाका किसानको आम्दानीको स्रोत सुन्तला, व्यवसायीक खेतिमा आकर्षित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    धनकुटाका किसानको आम्दानीको स्रोत सुन्तला, व्यवसायीक खेतिमा आकर्षित

    सुन्तलाको प्रख्यात जिल्लाको रुपमा चिनिने धनकुटाका अधिंकांस किसानहरु सुन्तला खेतिमै आवद्ध छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु पनि खोकुछिन्ताङका सुन्तला चाख्नकै लागि धनकुटा पुग्ने गर्छन् ।

    धनकुटा नाम सुन्नसाथ मानसपटलमा कुन्ती मोक्तानको आवाजमा रहेको ‘सुनकै भाउ छ सुन्तला भारीको, चाखि जानु भन्ने मनकारीको’ भन्ने गित गुञ्जन थाल्छ । मोक्तानको कर्णप्रीय आवाजले साच्चिकै धनकुटाका सुन्तलाको रसिलो रस सम्झाउछ, अनि मुख रसाउन थाल्छ । भेगिए हिसावमा पनि पूर्वको धनकुटा पर्यटकको रोजाइमा पर्ने जिल्ला हो । त्यसमाथि दक्षिण एसियाकै उत्कृष्ठ स्थान खोकुछिन्थाङ यहि जिल्लामा पर्छ । त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु कोसेलीको रुपमा सुन्तला लिएर फर्कन्छन् ।

    महालक्ष्मी नगरपालिका ५ का इन्दीरा ढकाल र मोहन ढकालको सुन्तला बगैचा हेर्दा आहा भन्नेहरु कमै छन् । आफ्नै दैनिक जिविका नै सुन्तलामा आश्रीत रहेका कारण यसको हेरचाहा मै उनीहरु दिन काट्छन् । ‘नगरिकाम पुग्दैन खाना, साँझ र विहान’ भने जस्तै सुन्तलाको बेर्ना उत्पादन देखि कसरी बोटमा सुन्तला बढि फलाउने भन्नेमै केन्द्रीत छन्, उनीहरु । इन्दीराले भनीन् ‘अवत यो पेसा गर्दागर्दा पोख्त भइसकी’ ।

    इन्दीराले भनेजस्तै सधैभरि त्यहि काम गरेपछि अनुभवले पनि सवै सिकाउछ नै । विस्तारै इन्दीरा र माहोन पनि उमेरले पाको हुँदैछन् । उमेरसँगै सुन्तला व्यवासायबाट पनि अनुभवले पाका भएका छन् उनीहरु । घरबाट नै सुन्तला खरिद हुनेभएपछि बजारका लागि त्यति समस्या नरहेका उनीहरुको भनाइ छ । सयौँ बोट सुन्तलाबाट हजारौँ कुइन्टल सुन्तला बेच्छन् उनीहरु । तर, राज्यबाट पाउने अनुदानबाट भने उनीहरु बञ्चित छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित