FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खाद्य विभागका महानिर्देशक सहित तीन जनालाई कारबाही गर्न सिफारिस

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    खाद्य विभागका महानिर्देशक सहित तीन जनालाई कारबाही गर्न सिफारिस

    भारतबाट आयातित चिनीको गुणस्तर परीक्षण तथा जारी गरेको दूध तथा दुग्ध पदार्थको आयात प्रज्ञापनपत्र सम्बन्धमा गठित छानबिन समितिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, उपमहानिर्देशक र वरिष्ठ अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ । महानिर्देशक मतिना जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न सिफारिस गरेको हो । भारतबाट आयातित चिनी परीक्षणमा लापबाही गरेको र कानुनको समेत पालना नगरेकाले परीक्षणमा संलग्न कर्मचारी र विभागका महानिर्देशकलाई कारबाही गर्न समितिले सिफारिस गरेको जनाएको छ । विभाग र अन्तर्गतका कार्यालयले सुशासनका आधारभूत मान्यताको समेत पालना नगरेको प्रतिवेदनमा उल्लेख छ । खाद्य परीक्षण प्रयोगका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ बमोजिम जारी गरेको आदेशसमेत पालना नगरेको उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित