FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजारमा तरकारी नपाउदा जंगल गएर निगुँरो टिपेर छाक टार्न बाध्य

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    बजारमा तरकारी नपाउदा जंगल गएर निगुँरो टिपेर छाक टार्न बाध्य

    कोरोना कहरका कारण स्थानीय स्तरमा लगाइएको लकडाउन र निशेधाज्ञाले सहज रुपमा बजारमा तरकारी पाउन छाडेपछि जगंल आसपासका मानिसहरुले निगुँरो टिपेर छाक टार्न थालेका छन् । मोरगंको बेलवारी आसपासका मानिसहरु बेलवारीका जगंलमा तरकारीको गर्जो टार्न निगुरो टिप्न जान थालेका हुन ।कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर मोरगंका विभिन्न ठाउँमा स्थानीय तहले निषेधाज्ञा जारी गरिरहेको समयमा बजारमा सहज रुपमा तरकारी नपाउने तथा पाइएपनि अधिक महंगो भएका कारणा जगंल नजिक हुनेहरु निगुरो टिप्न जान थालेका हुन । बजारमा सहज रुपमा तरकारी नपाइने तथा आफुहरु पनि काममा जान नपाएर त्यसै बस्नु परिरहेको समय पारेर निगुरो टिप्न आउने गरेको अम्विका सुयलले वताइन । दैनिक रुपमा तरकारी चाहिन्छ आम्दानीको स्रोत नहुदाँ किनेर खान पनि समस्या हुन्छ त्यसैले निगुरो टिप्न आउने गरेको अमृता विसुन्खेले बताइन् । मोरगंको बेलबारी , कानेपोखरी , पथरी , लेटागं लगायतका क्षेत्रका जगंलमा त्यसै उम्रने जगंली निगुरो यस क्षेत्रको कतिपय मानिसहरुको रोजगारीको माध्यम समेत बन्ने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित