FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उपत्यकामा तरकारी भाउ बढ्यो, खाद्यान्नको मूल्य पनि बृद्धि

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    कोरोनाको जोखिम बढेको भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि काठमाडौ उपत्यकामा तरकारीको भाउ अकासिएको छ । आपूर्ति व्यवस्था सहज बनाउने कुनै योजनाविनै सरकारले आवतजावतमा कडाइ गर्ने व्यवस्था लागू गर्दा तरकारीको भाउ आकासिएको हो । कालिमाटीको थोक बजारमा नै हरियो ताजा तरकारीको भाउ निकै बढेको व्यापारीहरुको भनाई छ । तरकारीको भाउ नै बढ्न थालेपछि साना व्यापारीहरु पनि तरकारीको व्यवसाय गर्न आकर्षिक भएका छन् । अन्य व्यसाय गरेका साना व्यपारिहरुले भने थोरै परिमाणमा तरकारी बिक्रिबिरण गर्न थालेका छन् । सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक ५–६ लाख किलो तरकारी आयात हुने गरेपनि निषेधाज्ञाका कारण आयात घटेको कालिमाटी बजारको तथ्यांकले देखाएको छ । यस्तै निषेधाज्ञालगत्तै दैनिक उपभोग्य खाद्यान्नको मूल्यमामा समेत बृद्धि हुन थालेको गुनासो सर्वसाधारणहरुले गरेका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित