FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारी खरिद बिक्रीमा बिल जारी नगर्दा मूल्यमा मनपरी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    तरकारी खरिद बिक्रीमा बिल जारी नगर्दा मूल्यमा मनपरी

    खरिद बिक्री बिल जारी नहुँदा तरकारीको मूल्य मनपरी भएको र उपभोक्ता ठगिएका छन् । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले शनिवार बिहान बल्खु तरकारी बजारको अनुगमन पछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ । अनुगमनपछि कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले भन्नुभयो “अहिलेको मुख्य समस्या भनेको तरकारीको मूल्य निर्धारण हो । उत्पादन र ढुवानीको कारण देखाएर बजारमा भाउ बढेको गुनासो छ । हिजो कालीमाटी तरकारी बजार हे¥यौं । आज बल्खु तरकारी बजार हे¥यौं । यी दुईटा बजार हेर्दा मूल्य खुद्रा बजारमा मूल्य बढ्नु पर्ने कारण देखिँदैन । तर, तरकारीको भाउ बढेको गुनासो छ । यसको कारण दिँदै उहाँले भन्नुभयो “बिल जारी नगर्दा मनपरी भएको हाम्रो निष्कर्ष छ । अब खरिद बिक्री बिल जारी गर्ने बिषमया कडाइ गर्छौं ।”

    अनुगमन समिति बिहान ५ बजे बल्खु तरकारी बजार पुगिसकेको थियो । बजारमा गोलभेडाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो । यो मूल्य सुनिसकेपछि अनुगमनमा रहनुभएका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमिल्सेनाले भन्नुभयो “म बालाजु क्षेत्रमा बस्छु । आज बिहान निस्कँदा त्यहाँको बजारमा यस्तै गोलभेडाको मूल्य १५० रुपैयाँ प्रतिकिलो थियो । बल्खु र बालाजु करीब ६ किलोमिटरको दुरीमा एकै प्रकारको बस्तुमा किलोको ५५ रुपैयाँ फरक हुनुले काठमाडौंको तरकारी बजारको अवस्था देखाउँछ । यसलाई कडाइका साथ नियमन नगर्ने हो भने उपभोक्तामा हुने ठगी रोक्न सकिँर्दैन । ”

    यो बजार ०६९ साल असोज १ गतेबाट बल्खु कृषि तथा तरकारी बजारमा ४२४ थोक तथा खुद्रा तरकारी पसल छन् । बजार व्यवस्थापनका कारण मुल्य नबढोस् भनेर पसल खरिद बिक्री गर्न नपाउनेलगायतका नियम बनाएका छौं । बजारका निर्देशक मोहन बस्नेत भन्नुहुन्छ “बजारबाट बिक्री हुने तरकारीको गुणस्तर र मूल्यमा सरकारले जारी गरेका मापदण्डको पालना गराउने प्रयासमा छौं । समय—समयमा हुने अनुगमनबाट प्राप्त सुझाव कार्यान्वयन गरेका छौं । व्यापारीको पसल नंं दिने, मूल्य सूची अद्यावधिक गराउने, ढक तराजु अद्यावधिक गराउने काम तत्काल गर्छौं । ”

    बजारमा तरकारीका अतिरिक्त खाद्यबस्तु, दुग्ध पदार्थ, विउविजन तथा औषधि पनि बिक्री तिवरण हुन्छ । बजारमा रहेको मासु पसलको पनि निरीक्षण गरिएको थियो । अनुगमनमा पशु सेवा बिभागबाट पशु सेवा अधिकृत डम्बरबहादुर बम पनि हुनुहुन्थ्यो ।

    महामारी नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड पालना गर्न गराउन, तरकारीको थोक तथा खुद्रा मुल्य सूची राख्न, बजारबाट बिक्री हुने सामानमा अनिवार्य बिल जारी गराउन समितिले बजारलाई निर्देशन दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित