- Loading...
आलुको भाउ भन्दापनि सस्तो भयो कुखुराको मासु
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


काठमाडौं । कोरोनाको कारण सरकारद्वारा जारी गरिएको निषेधाज्ञासंगै नेपालको पोल्ट्री बजार ध्वस्त बन्दै गइरहेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भदौ १२ गते देखि लागु हुने गरि जिउदो कुखुराको मुल्यमा १० रुपैया घटाई १७० कायम गरेपछि कुखुरापालक किसानहरु आक्रोशित बनेका छन् ।

सरकारले कोरोना रोकथामको लागी लगाएको निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुमा भारी गिरावट आएको छ । तयारी कुखुराको मासुको मूल्य अहिले बजारमा प्रतिकेजी १ सय ४० रुपैयाँसम्ममा झरेको छ । यसले कुखुरा उत्पादन गर्ने व्यवसायिक किसान चिन्तित बनेका छन् ।यसअघि नै तयारी कुखुराको मूल्य प्रतिकेजी १ सय ७० रूपैयाँमा झरेपछि चिन्तित बनेका किसान अझ मूल्य घट्दा झनै तनाबमा छन् ।
खुरापालक किसान संघर्ष समितिका सदस्य निकेश कार्कीका अनुसार उद्योगीहरुको निर्देशनमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मनोमानी ढंगले बजारको वस्तुगत परिस्थितिको आकलन नगरि अन्धाधुन्ध कुखुराको मुल्य घटाएको, बजारमा औसत मासु खपत हुदाहुदै पनि व्यवसायीहरुले कोल्डरूम भर्नकै लागि किसानले पालेका कुखुराको मुल्य घटाएर व्यापारीहरुले कालोबजारी गरिरहेको आरोप लगाए।
अहिले किसान संग १५० र १६० मा किनेको कुखुरा २ महिनापछि दोब्बर भन्दा बढी मुल्यमा ४०० केजीले बेच्नका लागि मुल्य घटाएको दाबी गरे।त्यसैगरि कुखुरापालक संघर्ष समितिका अर्का सदस्य केशव खड्काका अनुसार उद्योगीहरुले ७० र ७५ मा बेचेको चल्ला, ३००० र ३१०० दाना खुवाएको कुखुराको मुल्य रातारात २० र २५ दिनको अन्तरालमा ७० रुपैयाँ मुल्य घटाउनु उद्योगीहरुको मनोमानी बढेको बताए ।
हाल कुखुराको लागत मुल्य जबकी २०० भन्दाबढी पर्दछ । यसको विषयमा दाना उद्योग संघका अध्यक्ष रबिन पुरी संग बुझ्न खोज्दा उहाँ संग सम्पर्क हुन सकेन। यता राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार कुखुराको मुल्य घटाएको कुरा स्वीकार गरे । तर हाम्रो मनोमानी नभइ बाहिर बाट कुखुरा सस्तो १३० र १४० आएका कारण बजारमा प्रतिस्पर्धा उच्च भएकाले कुखुराको मुल्य घटेको बताए । तर कुखुरापालक किसान दिपक बास्ताकोटीले डाटा प्रस्तुत गर्दै २०७६र४र१५ गते २५०, ४र२० गते २४०, ४र२३ गते २३०, ४ र २६ गते २२०, ४ र २९ गते २००, ५ र २ गते १९०, ५ र ८ गते १८० र ५र१२ गते बाट १७० का दरले यति छोटो समयमा यति धेरै मुल्य घट्नु भनेको उद्योगीहरुको चल्ला बेच्नका लागि बदमासी गरेको बताए । तर जंग बहादुर बिसीले भने किसानहरु संगको सहमतिमै मुल्य घटाएको दाबी गरे । तर बास्ताकोटीले भने कुखुराको मुल्य घटाएर घाटामा परेका किसानहरुलाई उद्योगीबाटै क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

