- Loading...
संक्रमितको संख्या बढेपछि सुदुरपश्चिममा जारी निषेधाज्ञा लम्बाइयो
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको


नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसरी दिनानुदिन बढिरहेको संक्रमण रोकथामका लागी देशका अधिकांस ठाँउमा निषेधाज्ञा जारी गरिएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि जारी गरीएको निषेधाज्ञा बढाइएको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेसँगै निषेधाज्ञा बढाइएको हो ।

डडेल्धुरामा जारी निषेधाज्ञा आगामी भदौ १९ गतेसम्म थपिएको छ भने डोटीमा पनि भोलिदेखि निषेधाज्ञा लगाइने भएको छ । डडेलधुराको जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले १९ गतेसम्म निषेधाज्ञा थपेको हो । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो । डोटीमा भोलि राति १२ बजेदेखि २१ गते आइतबार रातिसम्म लागू हुने गरी निषेधाज्ञा लगाइने भएको छ ।
जिल्लाभित्र कोरोना महामारीको असर बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचार सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने छन् । यसैगरी कोरोना संक्रमण रोकथामका लागि कैलालीमा पनि भदौ १९ गतेसम्म निषेधाज्ञा लगाइने भएको छ ।

