FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विक्री नभएपछि भक्तपुरका किसानले फ्याँकियो दूध

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    विक्री नभएपछि भक्तपुरका किसानले फ्याँकियो दूध

    काठमाडौं । निषेधाज्ञाका कारण दूध बिक्री नभएपछि भक्तपुरमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले किसानबाट संकलन गरेका दूध बिक्री ठप्प भएपछि दूध सडकमा फ्याँकेका हुन् ।
    भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ । त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको हो ।
    चार महिना लामो लकडाउनका कारण समस्यामा परेका व्यवसायी र किसानले साउन पहिलो हप्तादेखि केही राहात पाए पनि निषेधाज्ञाका कारण फेरि दूग्ध पदार्थ खपत ओरोलो लागेको छ । निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ ।
    काठमाडौंमा दैनिक ७ लाख लिटर दूध खपत हुने गरेकोमा निषेधाज्ञाका कारण अहिले तीन लाख लिटर हाराहारी मात्रै दूग्ध पदार्थ बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित