- Loading...
चित्तलको मासु सहित चार पक्राउ
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चित्तलको मासुसहित चारजनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र गस्ती टोलीले उनीहरूलाई राप्ती नगरपालिका ६ बाट पक्राउ गरेको हो ।
निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती ६ का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एकजना नाबालक रहेका छन् ।

उनीहरूलाई एकता सामुदायिक वनमा पासो थापी चित्तल मारेको आरोपमा पक्राउ गरिएको हो । घटनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोग भएको पासो बरामद गरेको छ ।
घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको छ । पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको छ ।
अपराध प्रमाणित भएमा २० हजारदेखि ५० हजारसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


