FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रादेशिक तरकारी बजार निर्माणका लागि सम्झौता

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    प्रादेशिक तरकारी बजार निर्माणका लागि सम्झौता

    काठमाडौं । वागमती प्रदेशमा निर्माण हुने प्रादेशिक तरकारी तथा फलफूल बजार निर्माणका लागि हेटौंडा उपमहानगर पालिका र कृषि विकास निर्देशनालयबीच आइतबार सम्झौता भएको छ । बजारको विस्तृत परियोजना प्रतिवेदन अनुसार बजारको कूल लागत ४१ करोड ६२ लाख ४१ हजार रहेको छ ।
    यसको कूल लागतमध्ये ७० प्रतिशत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बेहोर्ने छ । त्यस्तै लागतको ३० प्रतिशत हिस्सा हेटौंडा उपमहानगरपालिकाले बेहोर्नेछ । बजार नगरको वडा नं ११ स्थित थाना भर्याङमा बन्ने छ । यसका लागि आवश्यक जमिन उपमहानगरपालिकाले उपलब्ध गराएको छ । यो बजार विश्व बैंकको सहयोगमा निर्माण भएका बजारभन्दा पनि आधुनिक हुने बताइएको छ ।
    निर्माण सम्पन्न गरेपछि निर्देशनालयले बजार उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । बजार सञ्चालन उपमहानगरले गर्नेछ । बजार निर्माणका लागि ३ वर्षको अवधी तोकिएको छ । बजारमा अक्सन सेन्टर, होस्टेल सेमिनार हल, फोहोर व्यवस्थापन क्षेत्र, चमेनागृह, हेल्थ क्लिनिक, विषादी परीक्षण प्रयोगशाला लगायतका सुविधा रहने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित