- Loading...
१७ बर्षका संदिप कृषि व्यवसायमा, पढाईसँगै पेशालाई पनि निरन्तरता
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

कोहालपुर नगरपालिका २ अनान्दनगरका १७ बर्षका संदिप थापाले फर्म सञ्चालन गरेका छन् । १० कक्षमा अध्ययनरत उनीले लकडाउनमा स्कुल बन्द भएपछि घरमै बसी केही गर्न सकिन्छ कि भनेर जयलक्ष्मी कृर्षि तथा पशुपंछी फर्म सञ्चालन गरेका हुन् ।

गर्ने मानिसलाई जस्तो सुकै पारिस्थितिले छेक्दैन चाहे त्यो बृद्ध होस् या बालक । त्यो उखानलाई प्रमाणि गरेका छन् सन्दिप थापाले । उमेरले १७ बर्ष १० कक्षामा पठनपाठन गर्दे छन् । घुमफिर गर्न चाहाने उमेरमा उनले आयआर्जनको बाटो रोजेका छन् । १७ बर्षको पठौ, खेलौ, घुमौ र रमाइलो गरौ भन्ने उमेरमा सन्दिप भने आया आर्जनको बाटो तर्फ लागेका छन् । फर्मको हेरचाह गर्नलाई स्कुल खुलेपनि कुनै समस्या नहुने बताउँदै फर्मको कामले पठनपाठनमा समेत समस्या नहुने बताउँछन् सन्दिप ।
उनले फर्ममा बाख्रा लगायत हाँस र लोकल खुकुरा पालन गरेका छन् । खुकुरा र हाँसको लागि सहज रुपमा दाना पाएपनि बाख्राको लागि घाँस भने आवश्यक अनुसार उपलब्ध गराउन नसकेको बताउछन् ।
यसरी कृर्षि कर्म गर्ने किसानहरुलाई सरकारी स्तरबाटै सहयोगको खाँचो देखिन्छ । सरकारीले प्रोत्सहनको लागि आनुदान दिए कोहि पनि युवाहरु विदेश पलायन हुने आवस्था आउदैन । जस कारणले सरकारले जसरी कृर्षिका योजना बनाएको छ वास्तविक किसान पहिचना गरी अनुदान दिएमा कृषमा थप प्रेरण मिल्नेमा दुईमत छैन ।


