FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खेतमा पानी लगाउने विषयमा झगडा हुँदा पाँच घाइते

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    खेतमा पानी लगाउने विषयमा झगडा हुँदा पाँच घाइते


    कपिलवस्तु । खेत पानी लगाउने विषयमा झगडा हुँदा कपिलवस्तुमा पाँच जना कृषक घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका–४ का कृषकहरुबीच एक अर्कामा खेतमा पानी लगाउने पालोका विषयमा झगडा भएको थियो ।

    झगडामा परि सोहि स्थानका ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन, ७५ वर्षीय सलिम गद्दी घाइते भएको प्रदेश ५ प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी झगडा गर्दा घाइते बनेका अर्को पक्ष सोही ठाउँका ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया रहेकी छन् ।

    घाइते मध्ये ३ जनाको स्थानीय शिवराज अस्पताल बहादुरगञ्जमा सामान्य उपचारपछि कपिलवस्तु जिल्ला अस्पतालमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित