
- Loading...
प्रेस युनियनद्धारा कोरोना महामारीमा परेका पत्रकारलाई राहात वितरण
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको

सुनसरी । कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यसनियन सुनसरीले ‘फुड बैङ्क’ अभियान थालेको छ । फुट बैक अभियानमा एक पत्रकारले अर्को पत्रकारलाई सहयोग गर्दै आएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रूपमा सञ्चालन भएकाले समस्यामा परेका पत्रकारहरूलाई मध्यनजर राखेर ‘फुड बैङ्क’ अभियान सञ्चालन गरेको हो ।
कोरोना महामारीका कारण सृजित लकडाउनको चपेटामा सबै परेका छन् । तर फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरू यस बाट सबैभन्दा बढी मारमा परेका छन् । कोरोना माहामारीको यो विषम परिस्थीतीमा पत्रकारहरूलाइ घर खर्च समेत निकाल्न गाह्रो परिरहेको छ । ‘पत्रकारिताकै माध्यमबाट घर चलाइरहेका परिवारलाई समस्या त छँदैछ तर थोरै भए पनि राहत होस् भनेर हामीले फुड बैङ्क सुरु गरेका हौँ प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनि भन्छन् कोरोना महामारीले आर्थीक अवस्था कमजोर हुदै गएका, काम छाड्न बाध्य भएका तथा समयमा तलब नपाएका सुनसरीका पत्रकारलाइ फुड बैंक मार्फत सहयोग गरिरहेका छौँ ।
उनले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन सुनसरीलाइ एक सेट कम्प्युटर समेत प्रदान गरेका छन् । रोगले भन्दा भोकले मर्ने अवस्था आएकाले एक पत्रकारले अर्काे पत्रकारलाइ सहयोग गर्ने अभियानले अब कोहि पत्रकार भोको बस्नु नपर्ने फुट बैकका संयोजक कृष्ण अधिकारी बताउछन्
नेपालमा पहिलोपटक पत्रकारका लागि स्थापना गरिएको फुड बैंकले समस्यामा परेका पत्रकारहरुका लागी सहयोग गर्दै आएको छ । प्रेस युनियनका अध्यक्ष पवन अधिकारी सहितको टोलिले घर घरमै लगेर पत्रकारहरूलाइ खाद्धान्न सहयोग गरेको छ । हाल सम्म सुनसरीका ४ दर्जन भन्दा बढि पत्रकारले सेवा लिई सकेका छन् ।

