
FLASH NEWS
- Loading...
कौसी खेतीमा प्लाष्टिक टनेलको प्रयोग, सहजै फलाउन सकिन्छ मौसमी तथा बेमौसमी तरकारी
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण दैनिक भान्छामा पाक्ने तरकारीको सहज आपूर्ति हुन सकेको छैन । लकडाउनले भातभान्छा नै रोकिने अवस्था सिर्जना भइरहका बेला तीन युवाहरूले कौसी खेतीबारे अभिमुखीकरण गर्दै हिँडेका छन् ।
एकातिर फलेका तरकारी ढुवानी हुन नसक्दा खेतबारीमै कुहिने अवस्था छ । अर्कोतर्फ आइपुगेका तरकारी मूल्यपनि आकासिएर छोइसक्नु छ । लकडाउनले भातभान्छा नै रोकिने अवस्था भइरहका बेला तीन युवाहरू कौसी खेतीबारे अभिमुखीकरण गर्दै हिँडेका छन् । कौसि खेती गर्नाले कौसी हराभरा हुनुका साथै ताजा तरकारी टिपेर खान पाइन्छ ।
कौसि खेती गर्ने चाहाना हुँदा हुदैपनि कतिपयले ठाउँको सदुपयोग कसरी गर्ने तरिका थाहा नहुदाँ खेती गर्न पाएका छैनन् । सानो ठाउँको सदुपयोग गरी छतमा तरकारी कसरी फलाउने ती युवाहरुले जानकारी मात्र दिएका छैनन् छतमा खेती गर्न टनेलसहितको बारी व्यवस्थापन समेत गर्ने गरेका छन् । कौसि खेति अभियानमा २८ वर्षीय सुवास पण्डित, ३१ वर्षीय बिर्खबहादुर पुन र राजन थापा लागेका छन् । काठमाडौं उपत्यकामा कौसीखेतीको सम्भावना उच्च हुदाहुदै पनि घरको कौसीको उपयोग हुन नसकेको आवस्था छ ।
कहिकतै कौसि हराभार देखिइ हालेपनि प्लास्टिकका झोला, ड्रम वा गमलामा परम्परागत शैलीबाटै खेती गरिएको देखिन्छ । त्यसरी गरिएको कौसि खेतीबाट केही तरकारी फलेपनि मेहनत अनुसारको प्रतिफल भने पक्कै पाइदैन । मेहनत अनुसारको प्रतिफलका भनेको कौसि खेतीका लागि आधुनिक तरिका र सहज टनेल नै हो ।
कौसिमा सहज टनेल बनाएर कोसि खेती पनि गर्न सकिन्छ । ४ फिट चौडाइ र १० फिट लम्बाइ तथा ६ फिट लम्बाइ र ५ फिट चौडाइका दुई आकारका टनेलको प्रयोग बाट सहजै कौसि खेती गर्न सकिने बताउँछन् कौसि खेति अभियान्ता राजन थापा । कौसी खेतीमा टनेलको प्रयोगले वर्षभरी तरकारी उत्पादन गर्न सहज हुनुका साथै बेमौसमी खेती गर्न पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
