FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • २० बर्षदेखि जातेका किसान सरोज कृषि पेशामा, गोलभेडा खेतीबाट मनग्य आम्दानी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    २० बर्षदेखि जातेका किसान सरोज कृषि पेशामा, गोलभेडा खेतीबाट मनग्य आम्दानी

    मोरंग लेटाङ नगरपालिका जाँतेका मेहनती अगुवा किसान सरोज तिम्सिना कृषि कर्ममा रमाइरहेका छन् । बेमौसमी तरकारी गरेर लाखौ आम्दानि गरिरहेका उनको जीवनी कथाबाट सफल किसानको पाठ सिक्न सकिन्छ ।

    लेटाङ नगरपालिका भौगोलिक, पर्यटन र सांस्कृतिक हिसाबले धनि मानिन्छ। यो क्षेत्रमा कृषि कर्मको लागि पनि उर्बरभुमि मानिन्छ। कृषि संग जोड्ने बितिकै सरोज तिम्सिनाको नाम जोडिन्छ। यस नगरपालिकाको वडा (८ साबिक जाते गाबिस ९संगम चौक० का सरोज तिम्सिना उद्धमशील सफल किसान हुन्। अहिले जातेमा तरकारी किसान भनेर उहाँलाई नै चिनिन्छ। साबित जाते गाबिसको जाते बजारदेखि १ किलोमिटर दक्षीण उहाँको घर छ। जाते एक भौगोलिक विकटता भएको क्षेत्र सिचाईको अभाव रहेको जातेमा ५७ साल देखि कृषि पेशामा रम्दै आएका छन्। संघर्षबिना केहि हुदैन सुरुमा अरुको अधिया गर्दै परिवार पालन समेत समस्या हुँदा तरकारी खेति गरेर नै अहिले लाखौ आम्दानि गर्छन। यसै पेशाबाट ३ छोरालाई मास्टर्स डिग्री समेत पठाउनुभयो। गर्दा जे पनि हुन्छ , असम्भव देख्नेहरुका लागि तिम्सिना एक प्रेरणाका स्रोत पनि हुन्।

    अहिले तिम्सिना कृषि फर्म दर्ता गरि ब्यबसायिक तरकारी किसानको रुपमा परिचित छन्। उहाँको बारीमा यति बेला बेमौसमी तरकारी गोलभेडा लटरम्म फलेको देख्दा जो कोहिको मन लोभिन्छ। अहिले १० कट्ठा आफनै माटोमा बिरुवा उमारेर गोलभेडाखेतीमा रमाइरहेका छन्।

    यो क्षेत्रमा सिचाई अभावको कारणले धान उत्पादन कम भएपनि तरकारीको लागि मोरंगकै प्रख्यात गन्तब्य जातेलाई लिन सकिन्छ। लक्डाउनको समयमा सबै परिवारका ८ सदस्यको भेट भएपछी यो समयलाई मज्जाले सदुपयोग गरि राम्रो आमदानी लिन सफल भएका छन्। कृषि प्राबिधिक ज्ञान थोरबहुत मात्रामा भएका कारण पहिलो पटक १ लाख लगानी गरि ६ मिटर चौडा र १२ मिटर लम्बाई गरि ७ वटा टनेल मार्फत बेमौसी खेतिको रुपमा गौरब जातका गोलभेडा लगाएका हुन्। अहिले राम्रो आम्दानि लिन सकेका तिम्सिना बार्षिक ४ देखि ५ लाख सम्म कमाउछन तर बिचौलियाको समस्या रहेको वहाँको श्रीमति तारादेवी तिम्सिनाको भनाइ छ ।

    दमक, बिर्तामोड, इटहरी सम्मका ब्यापारी वहांको बारीमा तरकारी किन आउछन। सबै किसिमका तरकारी रायो, घ्यु सिमि यो क्षेत्रमा उत्पादनको हिसाबले राम्रो मानिन्छ।

    साबिक जाते गाबिस हुँदा उत्कृष्ट अगुवा कृषकबाट समेत सम्मान पाएका थियो। अरु समयमा सरोज र उहाँका पत्नी तारादेवी तिम्सिना घर र बारिकै काममा ब्यस्त हुन्छन भने छोराहरु आफ्नो बाहिरि काममा। यो क्षेत्रमा सिचाईको लागि आउने तेलीगाडा पैनिको मुहानमा पहिरो जादा जातेका किसान लाभान्वित छन् सिचाईको सुबिधा र स्थानीयले समय मै मल बिउ बिजनको उपलब्धता अनि कृषि तालिम दिन सके यो क्षेत्रमा नमुना तरकारी जोन बन्न सक्छ।

    व्यवसायिक कृषिमा लाग्ने हो भने आम्दानीका लागि युवाहरु बैदेशिक रोजगारीमा जान नपर्ने र युवाहरुलाई कृषिमा लाग्न प्रेरणा दिदै तिम्सिना परिवारबाट उदाहरणीय पाठ सबैले सिक्कं जरुरि छ। यस किसिमको किसानको मनोबल बढाउँ र जाते क्षेत्रलाई तरकारीबारीमै आत्मनिभरबनाउन स्थानिय निकायको ध्यान जान जरुरि छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित