- Loading...
मेसिनरी समान अयातमा भन्सार प्रक्रिया नै झन्झटिलो, हत्तोत्साहित बन्दै कृषि उद्योगी
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

डल्फिन फिड्स प्रोडक्सनले उद्योग सञ्चालन गर्न चाइनाको एफ.सि.एम कम्पनीसँग सम्झौता ग¥यो । सम्झौतपछि भारतको कोलकत्ता बन्दरगाह हुदै मेसिनरी सामन आयातको प्रक्रिया सुरु भयो । तर, भन्सार प्रक्रिया नै झन्झटिलो हुँदा उद्योग सञ्चालनमा समस्या भएको छ ।


बिगत डेढ दशक देखि डल्फिन फुड प्रोडक्सनले कृर्षि उत्पादनलाई उद्योगी करण गरेर बजारीकरण गर्दै आएको छ । आर्थिक उन्नति, बेरोजगारलाई रोजगारी र कृर्षि उत्पादनलाई सजिलै उद्योग सम्म लैजाने तथा पोल्ट्री क्षेत्रका लागि सहजै दाना उत्पादन गर्ने सोचले कोहलपुर नगपालिका ७ लखनवारमा उद्योग सञ्चालन गर्न लागेको छ । भन्सार नियमवली अनुसार कृर्षि समाग्रीमा १ देखि ५ प्रतिशत कर मात्र लगाउन पाउने व्यवस्था छ । नेपालगन्ज भन्सार कार्यालयले मुख्य मेसिनमा १ प्रतिशत र त्यसको पार्टहरुमा १ देखि ३५ प्रतिशतमा कर लगाएको छ । त्यति मात्र नभएर डल्फिन फुडस्को समान हो कि होइन भनेर १ करोड ४९ लाख २८ हजार ९ सय २० रुपैया धरौटि लिएको छ ।
यता भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला भने कृषि मेसिनरी भन्सार गर्दा मुख्य मेसिनमा १ प्रतिशत मात्र कर लाग्ने बताउँदै मुख्य बोहक अन्य मेसिनमा भने साविककै कर लाग्ने बताउछन् ।
कृर्षि मेसिनरी समान अयातमा भन्सार प्रक्रिया नै झन्झटिलो हुँदा उद्योग सञ्चालनमा समस्या हुँदै आएको छ ।

