FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सफल किसान रेवती तिम्सिना, अन्तर्राष्ट्रिय बजारमा चिनाउँछन् नेपााली मह

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २८ पटक पढिएको
    सफल किसान रेवती तिम्सिना, अन्तर्राष्ट्रिय बजारमा चिनाउँछन् नेपााली मह

    मोरंग सुन्दरहरैचाका मौरीपालक किसान रेवती तिम्सिना बार्षिक १५ क्विन्टल भन्दा बढी मह बजार पु¥र्याउछन् । त्यतीमात्र हैन, उनले नेपालमा उत्पादित मह अन्तराष्ट्रिय बजारमा समेत पु¥र्याउन थालेका छन् ।

    किसानले उत्पादन गरेको तरकारी फलफुल तथा अन्य कृषि उपजहरु बिक्रि बितरणमा समस्या हुने गरेको समाचारहरु आइरहेका छन । केहि किसानको वारीमै बिग्रने समेत गरेको छ । तर मोरङको सुन्दरहरैचा एक किसानले भने अन्तराष्ट्रिय बजार सँग प्रतिष्पार्धा गर्न थाल्नु भएको छ । सुन्दरहरैचाका रेवति तीम्सीनाले अन्तराष्ट्रिय बजार सम्म पुर्याउन थाल्नु भएको हो । २०६२ सालमा २ घार मौरी बाट आफनो पेशा थाल्नु भएका तिम्स्नाले आफै प्रसोधन केन्द्रको स्थपना गरी नेपाल सहित केहि छिमेकी बजारहरुमा महको ब्यापार गर्न थालेको बताउनु भयो ।

    प्रदेश सरकारको सहयोगमा प्रशोधन केन्द्र स्थपना गरे पछि अन्तराष्ट्रिय बजार सम्म मह खपत गर्नसहयोग पुगेको उहाँले बताउनु भयो । लकडाउन भएका कारण धेरै देशहरुमा महको बजारी करण गर्न गर्न नसकिएको उहाँको भनाई रहेको छ ।
    लकडाउन हुदाँ भने बजारीकरण भन्दा आफुले पालेका माहुरी मरेर भने ठुलो क्षती भएको उहाँले बताउनु भयो । चरनमा रहका माहुरीको हेर्चा गर्न जान नसक्दा क्षती ब्यहोर्नु परेको उहाँले बताउनु भयो ।

    आफुले उत्पादन गरेको मात्रै नभई मौरीपालक कृषकले उत्पादन गरेको मह समेत प्रसोधन गरेर बजार सम्म पुर्याउने गरेको उहाँको भनाई रहेको छ । यो बर्ष मात्रै १५ कुइन्टल भन्दा वढि मह बजारमा पुर्याएको उहाँको भनाई रहेको छ ।

    तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकको जागिर छाडेर तिम्स्नानले मौरीपालन व्यवसायमा लाग्नु भएको हो । तिम्स्नाको परिवारनै ब्याबसायिक खेतिगर्ने गर्ने गर्छ । उहाँका दुई भाई छोरा कृषि इन्जीनियर हुन भने भाइ च्याउ खेति गर्ने गर्नु हुन्छ । तिम्सीना माहुरी मात्रै नभई च्याउ खेतिमा समेत अग्रसर हुनु भएको छ ।

    सामुदायिक बिद्यालयको शिक्षक देखी सामाजिक परिचालक सम्मको जागीर खानु भएका तिम्सीनाले जागिर खाँदा भविष्य नेदेखे पछि ब्याबसायिक खेतिमा लागेको उहाँको भनाई रहेको छ ।

    मौरीपालनमा खट्न सक्दा राम्रो आम्दानी हुने गरेको समेत उहाँले बताउनु भयो । उहाँले उत्पादन गरेको मह बजारमा ७ सय देखी ८ रुपैया प्रति किलो किन बेच हुने गरेको छ । कामको शिलशिलामा बिदेश जाने युवाहरुका लागि तिम्सीना परिवा उदाहरणको स्रोत बनेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित