
- Loading...
प्रति लिटर दुधमा गल्याङका कृषकलाई १५ रुपैयाँ अनुदान
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको


स्याङजा जिल्लाको गल्याङ नगरपालिकाले श्री जनकल्याण दुग्ध सहकारीक संकलन केन्द्रमा दुध संकलन गर्दे आएका कृषकहरुलाई अनुदान वितरण गरेको छ । गल्याङ नगर पालिका २ बटुवाका किसानलाई अनुदान वितरण गरिएको हो ।

मेहनतको फल मिठो हुन्छ भन्ने बुढा पाकाको उखान, उखान मात्र होईन यसलाई गल्याङ नगरपालीका ले प्रमाणीत नै गरेर देखाइदियको छ । दुधै दुधको सेतो सहर बनाउने नगर प्रमुख भुपराज अधिकारी सपना साकार पार्न बटुवाका कृषकहरु घर घर मा गाई भैसी पाल्दै आयका छन । कृषकले बिक्री गरेको दुध मा प्रति लिटर १५ रुपैया अनुदान पाउन थाले संगै कृषक हरुको उत्साह झन बढेर गएको र यसमा वडा कार्यलय ले समेत सहयोग गर्ने गल्याङ वडा नं २ का वडाध्यक्ष युब कर्मचार्यले बताए ।
गत बर्ष १२ लाख ५६ हजार ३ सय १० रुपैया अनुदान बितरण गरिसकेको दुग्ध संकलन संस्थाले यस बर्ष को सुरुवातमै चौमासीक रकम २ लाख ६७ हजार ८ सय ५० पैसा बितरण गरेको छ । अनुदान बितरण सभामा बोल्दै नगर प्रमुख भुपराज अधिकारी ले कृषक ले मात्रै होईन हरेक कर्मचारी ले कृषि गर्नुप्रछ बल्ल कृषि दिगो बन्छ भन्ने भनाई उल्लेख गरे ।
यस अधि नै गोठ सुधार को निम्ती २ लाख ५५ हजार ९ वटा प्रदान गरिसकेको छ भने बटुवा बासी अहिले कृषि बाटै आत्मनिर्भर हुने देखिन्छ ।

