FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ऋषिङ गाउँपालिकाका १ सय ६० भन्दा बढी कृषकलाई आर्थिक अनुदान वितरण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    ऋषिङ गाउँपालिकाका १ सय ६० भन्दा बढी कृषकलाई आर्थिक अनुदान वितरण

    दमौलीको ऋषिङ गाउँपालिकाले एभोकाडो, सुन्तला र कफी लगाउने कृषकहरुलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले व्यवसायिक कृषकलाई २० हजारका दरले आर्थिक अनुदान वितरण गरेको हो । १ सय ६० जना कृषक लाभान्वित भएका छन् । दुई सय बढी सुन्तला रोप्ने, एक सय १५ भन्दा बढी कफी लगाउने र एभोकाडोको खेती गर्ने कृषकलाई अनुदान वितरण गरिएको गााउँपालिकाले जनाएको छ । त्यस्तै, व्यवसायिक बाख्रापालक कृषकलाई जनही १३ हजार, बुगुर पाल्ने कृषकलाई जनही ११ हजार, माछा र कुखुरा पाल्ने कृषकलाई जनही पाँच हजार अनुदान पनि वितरण गरिएको हो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित