FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोना महामारीका कारण दुग्ध क्षेत्रमा २० अर्ब नोक्सानी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    कोरोना महामारीका कारण दुग्ध क्षेत्रमा २० अर्ब नोक्सानी

    कोभिड–१९ महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण डेरी उद्योग क्षेत्रमा करिब २० अर्बको नोक्सानी भएको छ । लकडाउनका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुमेको हो । गत ११ चैतदेखि हालसम्म दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुम्दा २० अर्ब रुपैयाँ बढी नोक्सानी भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाका अनुसार कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको छ । सामन्य अवस्थामा देशभर सहकारीमा ६ लाख लिटर दुध संकलन हुनेमा लकडाउनका कारण ३० प्रतिशत सम्म कमी आउँदा किसानहरु ठूलो समस्यमा गुज्रिएको व्यवसायिहरुले बताएका छन् । बिक्री भएको दुधको भुक्तानी समेत नपाइरहेको अवस्थामा सरकारले कुनै ध्यान नदिएको उनीहरुको गुनासो छ । उनीहरुले सरकारले दूध क्षेत्रमा कुरा अनुसारको सुविधा नदिएको पनि बताएका छन् । सरकारले कोरोना महामारीमा अत्यावश्यक वस्तुको रूपमा डेरी क्षेत्रलाई राखे पनि ढुवानी तथा डेरी सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको व्यवसायीहरुले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित