FLASH NEWS
- Loading...
भाइरल हुन सडकमा दुध पोखेका डेरी सञ्चालक प्रहरी खोरमा
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


काठमाडौं । भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक एक रात हिरासतमा बसेर छुटेका छन् । शुक्रबार पक्राउ परेका रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठ अबदेखि यस्तो नगर्ने कागज गरेर शनिबार छुटेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए
किसानको दूध नबिकेपछि प्रतिकात्मक रुपमा भाइरल हुन दूध पोखेको तर सामाजिक सञ्जालबाट राम्रो प्रतिक्रिया नपाएको बयान श्रेष्ठले प्रहरीलाई दिएका छन् । उनले भाइरल हुन खोज्दा गाली र सास्ती भोग्नुपरेको बताए । ‘दूध पोखेर आफूले एकातर्फ सामाजिक सञ्जालमा गाली खाएको र अर्कोतर्फ दूधपनि नष्ट भएको भन्दै उनले माफी मागे,’ प्रहरी नायव उपरीक्षक जोशीले भने ।
अभावको बेला सडकमा दूध पोखेर निषेधाज्ञाको बिरोध गरेको तथा अत्यावश्यक वस्तु नष्ट गरेको भन्दै सामाजिक सञ्जालमा तीब्र बिरोध भएपछि जगाती प्रहरीले उनलाई प्रक्राउ गरेको थियो । निषेधाज्ञाले दूध बिक्री कम भएको भएपनि ठप्प भएकै कारणले दूध नपोखेको श्रेष्ठले प्रहरीलाई बताएका थिए ।
भदौ १३ गते शनिबार सूर्यविनायकमा रहेको रानीकोट डेरीले २२० लिटर दूध सडकमा पोखेको थियो । सडकमा दूध पोखिएको भन्दै डेरी सञ्चालकको निकै बिरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
