
- Loading...
मार्फामा उत्पादित स्याउ बजार लैजाने तयारी
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित मार्फाको स्याउ बजार लैजाने तयारी सुरु गरिएको छ । स्याउखेतीको अध्ययन तथा अनुसन्धान गर्दै आएको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले टेण्डर प्रकिया अघि बढाएको हो । विगतका वर्षहरुमा भन्दा यो वर्ष स्याउको उत्पादन भने कम भएको शीतोष्ण बागवानी विकास केन्द्र प्रमुख बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष स्याउको उत्पादनमा २५ देखी ३० प्रतिशत आउने उहाँको भनाई छ । पछिलो वर्ष २६ टन उत्पादन गरेको केन्द्रले यस वर्ष भने १६ दशमलब ५ टन मात्र उत्पादन गरेको छ । त्यसैगरी स्याउ टिप्नेदेखि लिएर अन्य व्यवस्थापनको कार्यमा बाह्य जनशक्ति नभएकाले यसपटक समस्या परेको केन्द्रले जनाएको छ । कोभिड–१९ सङ्कटका कारण स्याउ खरिद गर्न जिल्ला प्रवेश गर्ने ठेकेदारहरुलाई स्वस्थ मापदण्ड अपनाएर मात्र प्रवेश गराइएको छ । बजारमा सहज रुपमा बिक्री हुन नसक्ने भएकोले केन्द्रले विभिन्न फलफुल तथा स्याउ प्रशोधन समेत गर्दै आएको छ । केन्द्रले फर्ममा उत्पादन हुने स्याउको प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर लगायत तयार गर्दै आएको छ । स्याउखेतीको विस्तारका लागि बिरुवा वितरण गर्दै आएको केन्द्रले कृषकलाई अनुदान, कृषि औजार आदिको समेत वितरण गर्दै आएको छ । २०२३ सालमा स्थापना भएको यस केन्द्रमा हाल १ सय ७५ रोपनीमा स्याउखेति हुदै आएको छ । उत्पादित स्याउ म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौंलगायत बजारमा बिक्री हुँदै आएको छ ।


