FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • “प्रचण्ड”का घरबेटी घनश्यामको फन्दामा, दश करोड धरौटी जफत

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    “प्रचण्ड”का घरबेटी घनश्यामको फन्दामा, दश करोड धरौटी जफत
    काठमाडौं । समयमा मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । उनीहरुको धरौटी जफत गरी कालोसूचिमा राख्ने निर्णय गरिएको छ ।
    मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीको धरौटी जफत भएको हो । शैलुङ नेकपाका अध्यग प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी हो ।
    कृषिमन्त्री घनश्याम भुषालले आइतबार पत्रकार सम्मेलन गरी ती कम्पनीलाई कारबाही गरिएको जानकारी दिएका हुन् ।
    प्रचण्डका घरबेटी भएकाले अधिकारीलाई कारबाही नगरिएको भन्दै आलोचना भइरहेको थियो । उनीहरुको ५–५ करोड धरौटी जफत भएको छ । दुवै कम्पनीले २५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का पाएका थिए ।
    ठेकदार अधिकारीकै सातदोबाटोस्थित घरमा प्रचण्ड बस्दै आएका छन् । उनले प्रचण्डकै पावरका आधारमा व्यवसाय गर्दै आएको आरोप लाग्दै आएको छ ।
    अर्का ठेकदार हुमनाथ कोइराला नेपाली कांग्रेसमा आबद्ध ठेकदार हुन् ।
    कृषि मन्त्रालयले नेपालमै रासायनिक मलको कारखाना खोल्नेबारे अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ । उता नेकपाका अध्यक्ष प्रचण्डले घरेबटीको ठेक्कासँग आफ्नो कुनै साइनो नभएको प्रष्ट पारेका छन् ।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित