FLASH NEWS
- Loading...
उखु किसानमाथि अन्नपूर्ण मिलको दादागरी ‘‘पाएनन् भुक्तानी’’ सरकार बेखवर
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


काठमाडौं । किसानले उखु बिक्री गरेबापत करिब २४ करोड अझै भुक्तानी पाएका छैनन् । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएका छन् ।
उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले भुक्त्तानी गरेको छैनन् ।
पटकपटक संघर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन–चार वर्षदेखिको भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ । राजधानी, काठमाडौं आएर धर्नामा बस्दा भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको किसानहरुले बताएका छन् ।
उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आश गरेका सर्लाहीका किसान अहिले निराश छन् ।

प्रतिक्रिया दिनुहोस
