FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फुटबल प्रशिक्षण गराउदै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर दनुवार

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    फुटबल प्रशिक्षण गराउदै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर दनुवार

    लकडाउनको समय सदुपयोग गर्दै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर दनुवार, रास्ट्रिय जागृति क्लब इटहरीका स्थानिय खेलाडी अनिस चौधरी र अभिसेक कालिकोटे र सुनसरी जिल्ला फुटबल तथा रास्ट्रिय जागृति क्लबका कोच , श्याम मानन्धरहरु मिलेर इटहरी १७ का ३० जना १७ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराई रहेका छन् ।

    पछिल्लो समयमा युवाहरुमा नै कुलतमा तथा दुर्व्यसनमा बढी संलग्न भएको तर्फ मध्यनजर गर्दै यस विषम परिस्थितिमा यस्ता लतबाट टाढा राख्न तथा एक असल खेलाडी उत्पादन गर्नका लागी फुटबल प्रशिक्षण गराईएको नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुवर दनुवार बताउछन् । दैनिक २ घन्टा प्रशिक्षण गराउदै आएका उनिहरुले प्रशिक्षण गराउन थालेको पनि ४ महिना पूरा भएको बताउछन् ।

    सानै उमेर देखि नै खेलाडी बन्ने सपना बोकेका तर पनि प्रशिक्षणको अभावमा घरमै बसेकालाई प्रोत्साहन गरि खेल क्षेत्रमा अगाडि बढाउन मद्दत गर्नका लागि पनि प्रशिक्षण गराईरहेको दनुवार बताउछन् ।

    प्रशिक्षणका लागि आउनेहरुलाई राम्रो प्रशिक्षण दिन सके भविष्यमा देशकै असल खेलाडी उत्पादन गर्न सकिने दुनवरले बताए । देशकै लागि राम्रो र असल खेलाडी उत्पादन गर्ने सम्भावना रहेको भएपनी खेलमैदानको अभाव भने प्रमुख समस्या रहेको छ । तर, स्थानिय सरकारले भने कुनै सहयोग गरेको छैन् । यसरी फुटबल ग्राउन्ड बिनै अर्काको प्लटिङ्ग्मा प्रशिक्षण गराउदा पनि स्थानीय सरकारको ध्यानाकर्षण नभएको र स्थानीय सरकार संग पनि खेलमैदानको बिषयमा बेला बेला कुरा उठाउने गरेको भएपनी स्थानीय सरकारले भने यस बिषयमा खासै ध्यानाकर्षण नभएको भन्दै दनुवारले दुस्ख व्यक्त गरे ।

    त्यसैगरी प्रशिक्षणको लागि आउने बालबालिकाहरु भन्छन्,ू सानै उमेर देखि फुटबल खेलाडी बन्ने सपना छ, फुटबलमा राम्रो ठाउँ छ, भविष्यमा देशका लागि खेल्ने सपना बोकि फुटबल सिकिरहेका छौ ।ू

    दुनवरको यस कदमलाई स्थानीय बूढो बाघ फुटबल क्लब साथै देश बिदेश बाट पनि विभिन्न खेल सामाग्री सहयोग हुँदै आएको छ । खेल सामाग्री, प्रशिक्षण गर्नका लागि प्रशिक्षक र खेलाडीहरु रहे पनि खेल मैदान न हुदा समस्या हुने गरेको तर, स्थानीय सरकारले सरकारी जग्गालाई खेल मैदानको लागि उपलब्ध गराई दिए आफ्नो समस्या समाधान हुने दनुवार बताउछन् ।

    यसरी प्रशिक्षण गराईरहेको दनुवार टिमलाई स्थानिय सरकारले मनोबल, हौसला प्रदान गरि समस्या समाधानको पहल गरिदिने हो भने रास्ट्रिय खेलाडी त उत्पादन गर्न सकिन्छ, साथ साथै खेल क्षेत्रबाट इटहरीलाई पहिचान पनि गराउन सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित