
- Loading...
निषेधाज्ञाकाको प्रभाव पोल्ट्रिमा दैनिक २० करोड घाटा
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको


लामो समयदेखीको लकडाउन र निषेधाज्ञाका कारण पोल्ट्रि व्यवसायमा दैनिक २० करोड भन्दा बढी घाटा व्यहोर्न बाध्य भएको नेपाल पोल्ट्रि व्यवसायी महासंघले जनाएको छ । आत्मनिर्भर बन्दै गएको पोल्ट्रि क्षेत्रमा लकडाउन र निषेधाज्ञाका कारण दैनिक करोडौं घाटा व्यहोर्नु परेको व्यवसायीले बताएका छन् ।यता कृषकहरु कुखुराको लागत मूल्य भन्दा कम मुल्यमा कुखुरा बेच्न बाध्य हुदा मर्कामा परेका छन्। त्यस्तै अण्डा उत्पादक किसानले पनि लाखौंको क्षती व्यहोरेको महासंघले जनाएको छ । हप्तामा ४० लाख ब्रोईलर चल्ला उत्पादन र पूर्ति हुने गरेकोमा अहिले भने चल्ला उत्पादन आधाले घटेको छ। हाल उपादित चल्ला समेत बजारमा खपत नहुँदा सो चल्ला नस्ट गर्नु परेको महासंघले जनाएको छ ।पोल्ट्रि व्यवसायीहरुले लकडाउन अवधिभर बैंकको ब्याज मिनाहा गर्न पनि माग गरेका छन् । कोरोनाको कारण देशैभर गरिएको लकडाउन र निषेधाज्ञाले पसल बन्द भई उपभोग घट्नु र समयमै दाना आपूर्ति समेत नहुँदा पोल्ट्रि व्यवसाय नै धरापमा परेको व्यवसायीले बताएका छन् ।


