FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फर्निचरका सामान मात्र हैन बाँसबाट आकर्षक भाँडाकुँडा बनाउन पनि सकिन्छ

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    फर्निचरका सामान मात्र हैन बाँसबाट आकर्षक भाँडाकुँडा बनाउन पनि सकिन्छ

    झापाको विर्तामोडमा युवाहरुले हेर्दै लोभलाग्दो भाँडाकुँडा बनाउन थालेका छन् । हामीले बाँसको प्रयोगबाट फर्निचरका विभिन्न सामान बनाएको त सुनेका थियौ तर भाँडाकुँडा बनाएको कमै सुनेका हौला ।

    झापाको बुद्धशान्ति गाउँपालिका–१ का तीन जना युवाले सञ्चालन गरेको उद्योगबाट बाँसका विभिन्न घरयासी सामग्रीहरु उत्पादन सुरु भएको छ ।

    स्थानीय स्तरमा पाइने बाँसको प्रयोगबाट स्थानीय मनोज प्रसाई, गोकुल पौडेल र रोशन भट्टराईले भाँडाकुँडा बनाउन थालेका हुन् । उनीहरुले पानी खाने बोत्तल, कप, गिलास, जगलगायतका सामग्रीहरु उत्पादन गरिरहेका छन् । बजारको मागअनुसार अन्य विभिन्न सामग्रीहरुसमेत उत्पादन गर्ने उनीहरुको योजना छ ।

    उद्योग सञ्चालक मनोज प्लास्टिकजन्य सामग्रीहरुको बढ्दो प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बेला बाँसका उत्पादन वातावरणमैत्री रहेको उद्योग बताउँछन् । दैनिक जीवनमा प्रयोग हुने सबै प्रकारका सामग्रीहरु बाँसको प्रयोगबाटै बनाउन सकिने उनको भनाई छ ।

    होम स्टे र होटल रेन्टुरेन्टहरुमा घरेलु सामग्रीहरु प्रयोग बढ्न थालेको उनीहरु यसतर्फ आकर्षित भएका हुन् । बाँसबाट बन्ने सामग्रीहरु होम स्टे र होटल रेन्टुरेन्टहरुमा लगायत ठाउँहरुमा पुर्याएर बजारीकरण गरिने सञ्चालक रोशन भट्टराईको भनाइृ छ ।

    यता बुद्धशान्ति गाउँपालिकाले स्थानीय युवाहरुको पहललाई साथ दिने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित