FLASH NEWS
- Loading...
पर्सामा धानबालीमा रोग लागेपछि किसान चिन्तीत
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको


पर्सा । पर्साको बजीयान क्षेत्रमा लगाइएको धानबालीमा विभिन्न किसिमको रोगको प्रकोप देखिएको छ । किसानहरूले लगाएको धानबालीमा व्याक्टोरियल लिफ ब्लाइट, सित ब्लाइट, पातको डढुवा, ब्लास्ट रोगको प्रकोप देखिएको हो ।
प्रकोपका कारण धानको पात सुक्ने, रातो, पहेंलो र खैरो धर्को देखा परेको छ । उपचार गरिएको बीउको प्रयोग नगरेको र रासायनिक मल धानबालीमा आवश्यकता अनुसार नदिएकोले प्रकोप निम्तीएको पकाहामैपुर गाउँपालिका कृषि साखाले जनाएको छ ।
यो रोगको लागि खेतमा जमेको पानी हटाइ सुक्खा पारेर फाइटोमाइसिन औषधि ५ ग्राम १५ लिटर पानीमा मिसाएर एक कट्ठा खेतमा छर्नुपर्ने कृषि शाखाले सुझाव दिएको छ । साथै टाटा कन्टस, कपर हाइड्रोसाइड, मेलिगन लगायतका औषधिहरू पनि यो रोगविरुद्ध प्रयोग गर्न सकिने गाउँपालिका कृषि शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
