FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पर्सामा कुखुरा पालन गर्दे आएका किसान मर्कामा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    पर्सामा कुखुरा पालन गर्दे आएका किसान मर्कामा

    कोरोना महामारीका कारण हरेक क्षेत्र प्रभावित भएको बेला कुखुरा पालन गर्ने किसानहरु पनि मारमा परेका छन । महामारीको बेलामा उत्पादन भएका तयारी कुखुराहरु बजारसम्म पुरयाउन नसक्दा तथा बिक्री हुन नसक्दा कुखुरा पालन गर्ने किसान मारमा परेका हुन ।

    महामारीकै बिचमा पछिल्लो समय कुखुराको मुल्यमा भारी गिरावट आएपछि पर्सा जिल्लाका कुखुरा पालन गर्ने किसानहरुसमस्यामा परेका छन । पछिल्लो दुई हप्तादेखि जिल्लामा तयारी कुखुरा तथा मासुको मुल्यमा भारी गिरावट आएपछि कुखुरा पालन गर्ने किसानलाई पिडा माथि पिडा थपिएको हो । पर्सामा दुई हप्ता अघिसम्म चार सय मुल्यमा बिक्री हुदै आएको कुखुराको मासु अहिले ह्वातै घटेर दुई सय रुपैया प्रतिकिलोमा बिक्र िभईरहेको छ । कुखुराको मुल्यमा भारी गिरावट आएपछि आफुले लगानी गरेको मुल्यसमेत उठाउन नसक्ने गरि घाटामा गएको पर्साको बहुदरमाई नगरपालिका ३ गम्हरियाका कुखुरा ब्यावसायी अमर यादवले बताए । उनले कुखुराको मुल्यमा गिरावट आएपछि अहिले प्रति कुखुरा लागेको लगानीको आधा भाउमा तयारी कुखुरा बिक्री गर्नू परेको दुखेसो पोखे ।.

    उनले लगानी भन्दा आधा मूल्यमा कुखुरा बेच्नुपर्दा किसानहरु अहिले ऋणमा डुब्न थालेको बताए । कोरोना महामारी शुरु भएपछि लगाइएको लकडाउनका कारण कुखुरा ब्यावसायीहरु घाटामा रहेको समयमा तयारी रहेका कुखुरा पनि कौडीको मुल्यमा बेच्नु पर्ने बाध्यता रहेको किसान यादवको भनाई छ । उनले आफुले कुखुरा पालनबाटै चार जना छोराछोरीको पढाई देखि लिएर घर खर्च समेत चलाउदै आएका थिए । तर, कुखुराको मुल्यमा गिरावट आएसँगै उनलाई घर खर्च कसरी चलाउने चिन्ता पर्न थालेको छ ।

    देशमा तीन तहको सरकार भएपनि अहिलेसम्म कुखुरा पालन गरेर जिविकोपार्जन गर्दै आएका किसानहरुको लागि केही गर्न नसकेको किसानहरुको गुनसो छ । हालसम्म कुखुरा पालक किसानको लागि केही गर्न नसकेको सरकारले लकडाउनका कारण आर्थिक मार खेप्दै आएका कुखुरा व्यवसायीहरुको लागि केही भएपनि राहतको प्याकेज ल्याउनु पर्ने उनीहरुको माग छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित