FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आगामी चैतसम्म सिक्टा आयोजनाले २० हजार हेक्टरमा सिचाई सुविधा पुर्याउने

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    आगामी चैतसम्म सिक्टा आयोजनाले २० हजार हेक्टरमा सिचाई सुविधा पुर्याउने

    अगामि चैत्र महिना देखी २० हजार हेक्टर जमिन सिचाई गर्ने योजना सहति सिक्टा सिचाई अयोजनाको काम तीब्र पारीएको छ । गत जेठ महिना देखि सिक्टाले करिब १६ हजार हेक्टर जमिनमा सिचाई सुविधा दिएको थियो । सहज सिचाइ सुविधा भएपछि किसानहरु पनि खेतीगर्न उत्साहित भएका छन् ।

    बाँके जिल्लामा करिब ४५ हजार हेक्टर जमिन सिचाई गर्ने लक्ष्यका साथ सुरु भएको सिक्टा सिचाई अयोजनाको काम तीब्र पारिएको छ । ४५ हजार हेक्टर जमिनमा सिचाइ पु¥याउने योजना अनुसार आयोजनाले गत जेठमा १६ हजार हेक्ट जमिनमा सिचाइ पु¥याइसकेको छ । भने बाँकी काम तीब्र गतिमा भैरहेको छ । १६ हजार हेक्टरमा सिचाइपुग्दा यसबर्ष किसानहरुले समयमै धान रोपाई गर्न पाएपछि उत्साहित भएका थिए । सिचाइले किसानमा थपिएको उत्साहले पनि अहिले आयोजनाको काम तीब्र पारिएको छ । आगामी चैतसम्म २० हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याउने लक्ष्यका साथ सिक्टाको काम भईरहेको छ ।

    समयमै नहरमा पानी ल्याएर किसानलाई थप कृषिमा प्रोत्साहन गर्नुका साथै चैतमहिनामा चैते धान र तरकारी खेती गर्ने समयमा सिचाइको सुविधा दिने अयोजना जनाएको छ ।

    सिक्टा सिचाई अयोजनाले यस बर्ष गतबर्षको भन्दा १५ देखि २० प्रतिशत धान उत्पादनमा बृद्धि हुने अनुमान गरेको छ । विगतका बर्षमा एक थोपा पानी समेत नआउने नहरमा अहिले सिचाई सुविधा पुगेको हुनाले धान उत्पादन बढ्ने अनुमान गरिएको हो । जिर्ण बनेको डुडुवा नहरको शाखामा समेत धान सिचाई गर्नको लागि पानी आएको छ जहाँ विगतका बर्षमा एक थोपा पानी समेत आएको थिएन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित