FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्याङ्जामा ड्रयागन फ्रुट स्रोत बगैचा स्थापना, किसान उत्साहित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    स्याङ्जामा ड्रयागन फ्रुट स्रोत बगैचा स्थापना, किसान उत्साहित

    पछिलो समय सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) नेपालमा पनि लोकप्रीय हुन थालेको छ । दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फललाइ स्यङ्जाको कालीगण्डकी गाउँपालिकाले स्रोत बगैँचाको रुपमा विकाश गर्न सुरु गरेको छ । पालिकाको पहिचान नै यस फलबाट बनाउने उदेद्दयले स्रोत बगैँचा स्थापना गर्दै प्रत्येक किसानलाइ विरुवा वितरण गर्न बगैँचाको निर्माण गरिएको हो । बँगैचाबाट आगामी बर्ष दश हजार विरुवा उत्पादन हुने र कृषकलाइ वितरण गरिने गाउँपालिकाले जनाएको छ । माटो परिक्षण गरेर यस क्षेत्रमा ड्रयागन फलको सम्भावना देखेपछी पालिकाले मुख्य खेती ड्रयागन फल बनाउने अभियान सुरु गरेको हो । यस खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक उत्साहित बनेका छन् । संङ्घीय सरकार अन्तर्गत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको ४० लाख र स्थानीय तहको १० लाखको लागतमा स्रोत बँगैचा निर्माण गरिएको हो । पालिकाले २४ रोपनी जग्गा भाडामा लिएर १५ वर्षको लागि बँगैचा निर्माण गर्नेछ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित