FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गुणस्तरहीन दानाका कारण सुनसरीमा १५ हजार कुखुरा मरे

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २७ पटक पढिएको
    गुणस्तरहीन दानाका कारण सुनसरीमा १५ हजार कुखुरा मरे

    सुनसरीको बर्जु गाउँपालिकामा एक पोल्ट्री फार्मले १५ हजार कुखुरा दानाका कारण मरेका र वृद्धि विकास राम्रो नभएको भन्दै क्षतिपूर्तिसहित दाना उद्योगीलाई कारवाहीको माग गरेको छ । पोल्ट्री फार्मका सञ्चालक डा. सीताराम यादवले भ्याली एग्रो फिड प्रालिले उत्पादन गरेको दाना गुणस्तरहीन रहेकाले कुखुरामा यस्तो समस्या आएको भन्दै आफूलाई क्षतिपूर्ति दिलाउन र उक्त उद्योगलाई कारवाहीको माग गरेका हुन् ।

    सुनसरीको बर्जु गाउँपालिका वडा (२ मा रहेको एकीकृत कृषि फर्मका कुखुरा पालक किसान डा. सिताराम यादवले झापाले १५ हजार कुखुरा पालेकोमा कुखुरा मर्दै जादा लाखौको क्षति भएको छः। झापा विर्तामोडमा सरोज भट्टराईले सञ्चालन गरेको दानाको डिलर सरोज भेट्सबाट दाना खरिद गरी कुखुरालाई खुवाएको र भ्यालि एग्रो फिडको दाना खुवाउन थालेपछि कुखुराको तौल नबढ्ने, झोक्राउने र मर्ने क्रम शुरु भएको कुखुरा पालक डा. यादवले बताउनु भयो । बाइट डा. सिताराम यादब संचालक एकीकृत कृषि फर्म
    दानामा शंका लागेपछि आफूहरुले नेपाल इन्भाइरोन्मेटल एन्ड साइन्टिफिक सर्भिसेज प्रालिमा दानाको प्रयोगशाला परीक्षण गरिएको र परीक्षणमा पनि दानाको गुणस्तर कमजोर रहेको रिपोर्ट प्राप्त भएको कुखुरा पालक यादवले बताउनु भयो।

    जबकि खाद्द तथा गुण नियन्त्रण कार्यालय बिराटनगरको रिपोर्टमा बोइलर को बि १ र गाइको दाना सरकारी रिपोर्टमा मापदण्ड अनुरुप् नपाइएको छ भने । रिपोर्ट अनुसार गलत आउदा आउदै भ्याली फिड्स दानामाथि कुनै शंका गर्नु आवश्यक छैन ।’झापा मेचिनगर (१३ भ्याली एग्रो फिडका सञ्चालक विबेक निरौलाको भनाइँ छ।

    रिपोर्टसमेत संलग्न गरी आफूहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा भ्याली एग्रो फिड प्रालिलाई कारवाही गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा र, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापा र कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौंलाई छुट्टा छुट्टै पत्र लेखे पनि हाल सम्म कुनै कारवाही नभएको बताउनुहुन्छ ।

    तर, पोल्ट्री फर्मलाई दाना उपलब्ध गराउने डिलर सरोज भेट्सका सञ्चालक सरोज भट्टराईले दाना नै गुणस्तरहीन पाइएकोले आफूलाई समस्या परेको बताएका छन्. कुखुरा पालकले मलाई घेरिरहेका छन् । भ्यालीले क्षतिपूर्ति नदिए अदालतसम्म जान पनि हामी बाध्य हुन्छौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित