- Loading...
व्यवसायिक केराखेती गर्दै आएका किसान दोहोरो समस्यामा
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

झापामा व्यावसायिक केराखेती गर्दै आएका किसानहरू बन्दाबन्दीसँगै मल अभावको दोहोरो समस्यामा परेका छन् ।

सरकारले स्थानीय सहकारी संस्थाहरूमार्फत पछिल्लो समय मलको व्यवस्था गरे पनि केराखेती गर्दै आएका किसानले मल पाएका छैनन् ।
गोडमेल गर्ने अहिलेको मौसममा रासायनिक मल प्रयोग गर्न नपाउँदा केराका बोट कुहिने र फल नलाग्ने समस्या देखा परिसकेको छ ।
विगत ४ वर्षदेखि व्यावसायिक रूपमा कन्काई नगरपालिकाका ४, ५ र ६ वडा, झापा गाउँपालिका(५ र बाह्रदशी गाउँपालिका( ७ मा १ सय ५० विगाह जमिनमा व्यावसायिक केराखेती गर्दै आएका दुर्गामाता कोलाखेती कृषि फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले मल अभावमा केराखेती धराशयी भएको बताए ।
उनले केरालाई असारदेखि भदौ महिनासम्ममा गोडमेल गरेर युरिया, डिपो र पोटासलगायतका मल लगाइसक्नुपर्ने बताए ।
वि।सं। २०७४ सालमा १२ विगाह जमिन भाडामा लिएर सुरू गरिएको केराखेती अहिले ३४ जना किसानको १ सय ५० विगाह जमिनमा छ । मालभोग, चिनीचम्पा, लालकेरालगायतका जातको खेतीबाट गत वर्ष १ करोड रूपैयाँ आम्दानी भएको थियो ।
त्यहाँ उत्पादन गरिएको केरा काठमाडौँका व्यापारीलाई बोटबाटै गतवर्ष प्रतिकोसा ५ रूपैयाँमा बिक्री गरिएको बताए ।
बेलैमा गोडमेल गरेर मल हाल्न नसक्दा गाना कुहिएर केराको बोट मर्न थालेको उनको भनाइ छ ।
प्रदेश १ का कृषि राज्यमन्त्री रामबहादुर राना मगर, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहलगायतले केराखेतीको अवलोकन गरी मल उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

