- Loading...
मोरंग सुन्दरहरैंचाका उमेश कुमार मेहता तरकारी खेतीबाटै बार्षिक ५ लाख कमाउँछन्
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

मोरंग सुन्दरहरैंचाका उमेश कुमार मेहता तरकारी खेतीबाटै बार्षिक ५ लाख कमाउँछन्

मोरंग सुन्दरहरैंचाका उमेश कुमार मेहता यति बेला तरकारी खेतिमा रमाइरहेदा छन् । बार्षिक लाखौ आम्दानि गर्दै आएका मेहता पुर्खौलि तरकारी पेशालाई ब्यबसायिक रुपमा लिएको बताउँछन् ।
सुन्दरहरैंचा नगरपालिकाका उमेश कुमार मेहता एक उधमी किसान हुन्। अहिले उनको वडा (२ बेलडागीमा २ बिघामा कागती खेति छन् भने वडा ४ को बडहरामा १० बिघा भाडामा लिएर तरकारी खेति गरेका छन्। तरकारी संगै बाख्रापालन समेत। ३ सन्तान र श्रीमती गरि आफु सहित ५ जनाको परिवारको जिविका चलाएर राम्रो आम्दानि गर्न सफल किसान हुन् मेहता।
पुर्खौली पेसा अगाल्दै आएका उनि अहिले ब्यबसायिक रुपमा अर्गानिक तराकरी खेति तर्फ आकर्षित भएका छन्। उनको करेसाबारीमा रायो, लौका, फर्सी, घिरौला, भन्टा लगायतका तरकारी १० बिगामा भित्र फैलिएको छ।
अर्गानिक सब्जी भएकोले ब्यापारी देखि स्थानिय सबै उहाँको बारीमा किन्न पुग्छन भने इटहरी देखि दमकका ब्यापारी बारीमै किन्न आउछन। बार्षिक खर्च कटाएर ४ देखि ५ लाख सम्म आमदानी हुने मेहताकि श्रीमतीको भनाइ छ।
कृषि कर्मबाटै राम्रो लाभ लिन सके पनि लकडाउनमा घाटा सहनु परेको मेहता बताउछन।
मेहताले दैनिक ७ देखि १० जनालाई समेत रोजगारी दिदै आएका छन्। अर्गानिक तरकारी पाउदा स्थानिय गणेश ढकाल प्राय तरकारी किन्न मेहताकै कृषि फर्ममै आउने गर्दछन।
बेलाबेलामा नगरपालिकाको कृषि शाखाबाट, वडा कार्यालयबाट कृषि फर्म हेर्न आउने गरेको मेहताको भनाइ छ। अर्गानिक तरकारी उत्पादन गर्ने मेहता जस्ता किसानलाई प्रोत्साहन र सहयोग गर्नु पर्ने तर्फ लागेको सुन्दरहरैंचा ( ४, अध्यक्ष शैलेन्द्र श्रेष्ठ बताउनुहुन्छ।
स्थानिय निकायले मेहता जस्तै मेहनती किसानलाई प्रोत्साहन गर्न सके स्वरोजगारको सृजना गाउँघरमै गरेर आम्दानि कमाउन सकिन्छ।

