FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक रुपमा बेसार खेतीतर्फ आकर्षित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक रुपमा बेसार खेतीतर्फ आकर्षित

    बर्दिया, बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक रुपमा बेसार खेतीतर्फ आर्कर्षित भएका छन । मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले करिब १४ विघा जमिनमा बेसार खेती गरेका हुन । मधुवन नगरपालिकाको बेसार खेतीको पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदानका साथै लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ द्धारा संचालित आर्थिक शसक्तिकरणका लागी शिप तथा उद्यमशिलता विकास परियोजनाले उक्त बेसार खेतीमा सहयोग गरेको हो । बेसार खेतिको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नमा कृषकहरुलाई सहयोग गर्न गरिएको बेसार खेतीको जिल्ला समन्वय समिती प्रमुख सहित जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीद्धारा शुक्रबार अनुगमन गरिएको छ ।

    अनुगमनका क्रममा खेतिबाट कृषकहरुलाई आत्मनिरर्भर बनाई शुद्ध बेसारको उत्पादन गरि स्वस्थ बेसार अन्यत्र निर्यात गर्न सकिने अनुगमनमा सहभागीले बताएको परियोजनाकी कर्याक्रम संयोजक विष्णु नेपालीले बताईन । सहकारीको माध्यमबाट कृषकहरुलाई ब्यबसायिक कृषि गरेर आयआर्जन गर्न सुझाब समेत दिएका छन । अनुगमन टोलीमा प्रतिनिधी सभा सदस्य विमला वि.क., जिल्ला समन्वय समिती बर्दियाका प्रमुख शंकर प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्री, कृषी शाखाका प्रमुख, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लगायतको सहभागीता रहेका थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित