FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रुपन्देहीका महिलाहरु सामुहिक तरकारी खेतीमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    रुपन्देहीका महिलाहरु सामुहिक तरकारी खेतीमा

    रुपन्देहीको बुटवल उपमानगरपालिकाका महिलाहरु सामुहिक तरकारी खेतीमा जुटेका छन । बाझो रहेका जमिनलाई सदुपयोग गर्दै उनीहरुले नर्सरीमा तरकारीका विरुवा उत्पादन देखि लिएर अर्गानिक तरकारी र जैविक मल समेत विक्रि वितरण गर्दै आएका छन ।

    सिद्धबाबा तरकारी उत्पादक कृषक समुह बुटवल–१२ कलुवाका १० जना महिलाहरु ले सामुहिक रुपमा तरकारी खेती तथा नर्सरी स्थापना गरेका छन् । उनीहरुले विरुवा विक्रि वितरण बाट राम्रो आम्दानी गरेका छन् । ८ कठ्ठा जग्गा भाडामा र थप ४ कठ्ठा समुहका सदस्यहरुकै नीजी जग्गामा समुहिक तरकारी खेती गरिहेका छन् । समुहकी अध्यक्ष सावित्रा रेग्मीका अनुसार उत्पादन भएको तरकारी विक्रिका लागि बजार जानुपर्ने अवस्था छैन । उत्पादन गरेको ताजा तरकारी वारीबाट नै टिपेर लैजान पाईने भएकाले अधिकांस व्यवसायीहरु, उपभोक्ताहरुको भिड लाग्ने गरेको छ ।

    पहिला देखि नै तरकारी खेती गर्दै आएका महिलाहरु लकडाउनको समयमा समुह नै दर्ता गरेर क्रियाशिल भएका हुन् । उनीहरुले बेमौसमी तरकारी खेती पनि गरिहेका छन् । उत्पादन भएका नर्सरी विरुवा विभिन्न व्याक्तिहरुले घर घरमा लगेर करेसावारी खेती तथा कौसी खेती समेत गर्ने गरेका छन । जसको कारण आफुलाई उत्पादन हुने तरकारी आफ्नै घरमा उत्पादन गर्ने लहर समेत चलेको छ । तकरारीका विभिन्न प्रजाती काक्रा, सिमी, बोडी, भिन्टी, भान्टा लगायत आगमी सिजनको लागि समेत टमाटर, कोभि, काक्रा, आलु लगायतका विभिन्न प्रजातीका तरकारी उत्पादन गरिरहेका छन । अघिल्लो बर्षको माघ महिना देखि सुरुवात गरेका उनीहरुले भने लकडाउनै विचमा नगरपालिकामा दर्ता गरेका हुन । सिद्धबा तरकारी उत्पादक कृषक समुहले हाल सम्म करिव ४ लाख लगानी गरेका छन । जसमा एउटा नर्सरी टनेल निर्माणमा बुटवल उपमहानरपालिका वडा नम्बर १२ को वडा कार्यालयले सहयोगगरेको छ भने कोभिड विशेष कार्यक्रम अनुसार बुटवल उपमहानरपालिका को कृषि विकास शाखाले पनि सहयोग गरेको छ ।

    त्यस्तै, समुहिक खेतीमा लागेको अर्को महिलाहरुको समुहको हो, उर्वरशिल महिला । विषादी रहित तरकारी उत्पादन गर्नमा जोडदिने गरी आज भन्दा करिव ३ महिना पहिला स्थापना भएको महिला समुहले जैविक विषादी, भिटामीनहरु समेत उत्पादन गर्दै आएका छन् । यसको अलवा जैविक मल, प्रांगारिक मल समेत उत्पादन गरी विक्रि वितरण गर्ने काम गरिरहेको छन् । उनीहरुले नर्सरीलाई थप व्यवस्थित गर्नको लागि ३ कठ्ठा जग्गामा भाडामा लिएका छन । ९ जना महिलाहरुले स सानो रकम जम्मा गरेर करिव ८० हजार रुपैयाँमा सुरुवात गरेको समुहले ५ कठ्ठा जग्गामा व्यवसायीक रुपमा नै टनेल खेती विस्तार गर्ने योजना समेत बनाएको छ । अहिले २ कठ्ठामा भिन्डी, भान्टा उत्पादन भैरहेको छ भने तेस्रो चरणको लागि विरुवा उत्पादन गर्ने तयारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित