FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भारतबाट अबैध रुपमा ल्याइदै गरेको २४ सय कुखुराका चल्लासहित दुई जना पर्साबाट पक्राउ

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    भारतबाट अबैध रुपमा ल्याइदै गरेको २४ सय कुखुराका चल्लासहित दुई जना पर्साबाट पक्राउ

    भारतबाट ल्याइएको अबैध ३९ कार्टुन कुखराको चल्लासहित प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारतीय कुखुराको चल्लासहित पर्साको बिन्दवासनि गाउँपालिका वडा नम्बर. ३ झैवागुठ्ठी बस्ने ३० बर्षका ललन साह कानु र भारत बिहार पुर्वी चम्पारण महादेवा बस्ने २७ बर्षका नरेश यादवलाई पक्राउ गरेको हो । दुबैजनालाई प्रहरीले बी आर २२ के १५१९ बी आर ०५ एन ७७६५ र ना ९ प ४०२६ नम्बरको मोटरसाईकलमा बोकेर अबैध भारतीय कुखुराको चल्ला ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट ३९ कार्टुनमा रहेको २ हजार ४ सय वटा अबैध भारतीय कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई चल्ला र मोटरसाईकल सहित आवश्यक कार्वाहीको लागी जिल्ला पशु क्वारेन्टाईन वीरगञ्ज सिर्सियामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित