FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उखुको बजारीकरण हुन नसक्दा किसान मारमा

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३६ पटक पढिएको
    उखुको बजारीकरण हुन नसक्दा किसान मारमा

    लकडाउनका कारण झापामा किसानहरुले उत्पादन गरेका उखुको बजारीकरण हुन नसक्दा किसान निकै मारमा परेका छन् । भने अर्को तर्फ बिमा कम्पनिले समेत क्षतिपूर्ति दिन आनाकानी गर्दा कृषि कर्मबाट हात धुने अवस्थामा पुगेका उखु किसानहरु बताउँछन् ।

    झापा अर्जुनधारा नगरपालिका ५ का संजु भारतीले २०५२ साल देखि कृषि कर्म तर्फ लाग्नु भयो। नेपाल मै केहि गर्छु भनेर श्रीमती बिपिला पाठक र उहाँले बिनायक कृषि फर्म दर्ता गरि अर्जुनधारा र बुद्धशान्तिमा ४५ बिघामा जुस उखु लगाउनु भयो। कालो र पहेलो ग्यावारा गरि २ किसिमको उखु बिशेषगरि जुस लगायत अन्य स्वाथ्य उपयोगिको लागि राम्रो रुपमा मानिएकोले ब्यबसायिक उखु तर्फ लाग्नु भयो। फसल राम्रो भए तर समयमै उखु बिक्रि गर्न नसक्दा भारती निकै पिडामा छन्।

    बिराटनगर , पोखरा, काठमान्डू लगायत नेपालको बिभिन्न स्थानमा बजारीकरण हुदै आएकोमा कोरोना संक्रमणले गर्दा अहिले खेतबारीमै उखु नष्ट भैरहेको छ। करोडौ रकम क्षति हुँदा अहिले टुलुटुलु हेर्न बिबस भएका बिमा कम्पनीले पनि केहि गर्न नसक्ने अवस्था भएपछी बिमा समितिमा उजुरी गरेका छन्।

    नेपाली उखुकै कारण भारतबाट आउने बार्षिक १५ देखि २० करोड बराबरको जुस उखु रोकिएको बताउछन। लाखौ युवा बिदेशिएको अबस्थामा सम्बन्धित निकायलेले समेत नहेरी दिदा भारती निकै पिडामा छन्।

    अर्को तर्फ भने हामीले दमकमा भारतीकै उखु बगानबाट ल्याको उखु जुसको रुपमा बिक्रि गरेको २ जनालाई भेटियो। सडक छेउ नजिकै ठेला गाडीमा उखुको जुस बनाएर बिक्रि गर्नेको पिडा नि त्यसतै छ। २ हजार दैनिक जुस बेचेर कमाइ हुने ठाउँमा लकडाउनले गर्दा दैनिक चलाउन समेत हम्मे हम्मे भएको र अहिले भने जति ग्राहक आउदैन बजार खुलेपनि ब्यापार नचलेको बताउछन।

    त्यस्तै दमककै भक्त बहादुर बुढाथोकी पनि उखु किसान हुन् र उहाँले आफ्नो उखु जुसकै लागि बिक्रि गर्छन भने आफै जुस बेचेर राम्रो आम्दानि गर्नुहुन्थ्यो। तर लकडाउनले अहिले उखु त्यति कै खेर गएको बताउछन।

    जुस उखुले अहिले बजार नपाउदा किसान र ब्यापारीको पिडा कसले बुझिदिने रु कृषि अनुदान र राहतका प्याकेज सरकाले ल्याएपनि बास्तबिक किसानको हातमा अझै पुगेको देखिदैन भने मल र बिउबिजनको पनि उतिकै पिडा छ हाम्रो कृषि प्रधान देशमा रसंजु भारती लगायत उद्धमी किसानहरुको मनोबल उच्च राख्न सबन्धित निकायको ध्यान बेलैमा जावोस।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित