FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियाका किसान व्यवसायीक बेसार खेतिमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    बर्दियाका किसान व्यवसायीक बेसार खेतिमा

    काठमाडौं । बर्दिया मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक रुपमा बेसार खेतीतर्फ आर्कर्षित भएका छन । मधुवन नगरपालिका १ का ७५ जना किसानले करिब १४ विघा जमिनमा बेसार खेती सुरु गरेका छन् । बर्दियालाई बेसारको पकेट क्षेत्र विस्तार गर्ने योजना अनुसार मधुवन नगरपालिका र लुर्थन वल्ड रिलिफको सहयोगमा बेसारको व्यवसायीक खेति सूरु गरेका हुन् ।
    २० विगाहा जमिनबाट बेसार खेती सूरु गरेका उनीहरु यहि पेसाबाट आत्मानिर्भर बन्ने योजनामा छन् । अन्य खेति गर्दा जंगली जनावरबाट आजित भइसकेका उनीहरुले विकल्पको रुपमा पनि बेसार खेति रोजेका हुन् ।
    किसानलाई यहि पेसामा आकर्षीत बनाउँदै आगामी आर्थिक वर्षसम्म २० विगाहा क्षेत्रफलमा बेसार खेति लगाउने मधुवन नगरपालिकाको लक्ष्य छ । सोहि अनुसार यो वर्ष नगरपालिकाले किसानलाई निःशुल्क बेसारको विउ समेत वितरण गरेको छ ।
    विभिन्न अन्य बालिबाट पनि प्रख्यात यो नगरपालिकालाई विस्तारै बेसारको पनि पकेट क्षेत्र बनाउँदै लागे नगरपालिकाको भनाइ छ । उत्पादन गरिएको बेसारलाई अन्यत्र निर्यात गर्ने मधुवन नगरपालिकाको लक्ष्य छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित