FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कालो सूचीमा परेपछि शैलुङ इन्टरप्राइजेजद्धारा उच्च अदालतमा मुद्धा दायर

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    कालो सूचीमा परेपछि शैलुङ इन्टरप्राइजेजद्धारा उच्च अदालतमा मुद्धा दायर

    काठमाडौं । उच्च अदालत पाटनले मल ठेक्का रद्दमा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णयविरुद्ध दायर रिटमा यस्तो आदेश जारी गरेको हो ।
    शैलुङ इन्टरप्राइजेज कम्पनीलाई कालोसूचीमा राख्ने कृषि सामग्री कम्पनीको पत्र कार्यान्वयन नगर्न पनि आदेशमा भनिएको छ, भने दुवै पक्षलाई भदौ ३१ गते छलफलका लागि बोलाइएको छ ।
    कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल लाई भदौ २२ गते बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो । सो निर्णय खारेजीको माग गर्दै शैलुङ इन्टरप्राइजेजले कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित