FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जङ्गली जनावरले बालीनाली नोक्सान

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    जङ्गली जनावरले बालीनाली नोक्सान
    डोटी । डोटीका विभिन्न स्थानीय तहमा जङ्गली जनावरले किसानले लगाएका बालीनाली नोक्सान गर्न थालेका छन् । जिल्लाका जोरायल, बडिकेदार, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, केआइसिंह गाउँपालिका तथा शिखर, दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडा क्षेत्रमा जङ्गली जनावरले भित्र्याउने अवस्थामा रहेको बालीनाली नोक्सान गर्न थालेको हो ।
    पाकेको बालीनाली राति आउने जङ्गली जनावरले खाएर तथा बिगारेर नोक्सान गर्न थालेपछि त्यहाँका किसानलाई समस्या परेका छन् । खप्तड राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रबाट आउने जङ्गली बँदेल, दुम्सी, स्याल तथा बाँदरले कोदो, मकै तथा धानबाली नष्ट गर्न थालेपछि किसान खेतमा गएर रात काट्न बाध्य भएका छन् ।
    यहाँका किसान अहिले आफ्नो अन्नबाली जोगाउन राति समूह बनाएर खेतको ठाउँठाउँमा पालको छानो बनाएर समूहमा बस्नुका साथै थाल, डिब्बा र कोलाहल मच्चाएर जनावर धपाउन थालेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित