FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुपारीको पातको खपटाबाट प्लेट र दुना–टपरी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    सुपारीको पातको खपटाबाट प्लेट र दुना–टपरी

    झापा । झापा बुद्धशान्ति वडा २ का माधव प्रसाद रिजालले खेर गइरहेको सुपारीको पातको खपटाबाट प्लेट र दुना–टपरी बनाएर ब्यबसायिक रुपमा बिक्री गर्दै लाखौ आम्दानी गर्न थाल्नु भएको छ ।
    ५५ लाख लगानी गरेर २०६९ सालमा नानि देमा अर्ग्यानिक प्लेट उद्योग स्थापना गरी व्यवसायिकरुपमा दुना, टपरी र प्लेटको उत्पादन थालेको हो ।
    बिबाह, ब्रतबन्ध, होस् या कुनै शुभ कार्यहोस् अहिले अर्गानिक र स्वास्थ्यको दृष्टिकोणले समेत महत्व बोकेको यो दुना टपरी पलेट बजारको माग अनुसार पुर्याउन सकेको छैन र अहिले आधुनिकता र समय अभाव कारण प्लाष्टिकका प्लेट र टपरा भएपनि बातारणलाई असर पर्दछ। प्लास्टिकको प्लेटको विकल्पकारुपमा अर्ग्यानिक प्लेट उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो । यसरी बनाइएका प्लेट प्रयोग गरिसकेपछि सजिलै कुहाउन सकिने भएकाले वातावरणीय दृष्टिले पनि उपयुक्त हुने रिजालको भनाई छ।

    ४ जनालाई नियमित रोजगारी दिदै आएका छन भने कृषिमा आधारित उधोग भएको हुनाले डेढ महिना भारत, तमिलनाडु राज्यको प्लेट बनाउने उद्योगमै बसेर मेसिन चलाउने, प्लेट बनाउने, मेसिन जोड्नेलगायतका सम्पूर्ण काम सिकेपछि रिजालले मेसिनरी सामान खरिद गरेर नेपालमा पहिलो पटक ल्याएको बताउनुहुन्छ ।

    स्थानीय बजार संगै काठमान्डूको बजार सम्म पुग्ने गर्दछ। जयपुर् झापाकै स्थानिय सुपारी किसान धर्मानन्द सुबेदीले खेर खाएको खपटाबाट बनाएका केमिकल रहित अर्गानिक बस्तु निर्माणले स्वास्थ्य दृष्टिकोणले उपयुक्त रहेको बताउछन।

    उद्योगबाट दैनिक १२ प्रकारका प्लेट उत्पादन भइरहेको छ । खेर गएको सुपारीको खापटा संकलन गरि घाममा सुकाएर प्रशोधन गरि मेसिनबाट भिभिन्न आकारमा प्लेट र दुना टपरी बनाउने गर्दछन।

    बैदेशिक रोजगारमा जान भन्दा झापाका यी उदाहरनिय किसानबाट प्रेरणाको पाठ सिक्न जरुरि छ। तर नेपालमै प्रसस्त रोजगारीकोलागि संभावना रहेपनि राज्य लागनी अझै यस्ता ब्यबसाय तर्फ जान सकेको छैन।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित