FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्याजको मुल्य बढ्यो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३२ पटक पढिएको
    प्याजको मुल्य बढ्यो

    काठमाडौं । तत्कालको लागि भारत सरकारले प्याजको निर्यातमा रोक लगाउदा नेपालमा मुल्य बृद्धि भएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको हो । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज(भारतीय)को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ । सोमबारको तुलनमा मंगलबार प्याजको भाउ करिब २५ प्रतिशतले बढेको छ । तरकारी पसलमा भने एक किलो प्याजको खुद्रा मूल्य ८० रुपैयाँभन्दा बढी छ । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको जनाएको हो । दक्षिण भारतमा भारी वर्षाका कारण प्याज उत्पादन घटेकाले भारतमा पनि मूल्य बढेको जनाइएको छ ।।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित