FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चिया किसानलाई न्यूनतम मूल्य उपलब्ध गराउने सूर्योदय नगरपालिकाको प्रतिवद्धता

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    चिया किसानलाई न्यूनतम मूल्य उपलब्ध गराउने सूर्योदय नगरपालिकाको प्रतिवद्धता

    हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् । उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा तोकिएबमोजिमको चियाको मूल्य किसानलाई दिलाउने प्रतिवद्धता जनाएको हो । मुख्य नगदेबाली भएकाले नगरका करीब ६ सय ५५ भन्दा बढी किसान चिया खेतीमा आबद्ध छन् । तोकिएको मूल्य पाउनका लागि किसानले असारको पहिलो सातादेखि नै आन्दोलन शुरु गरेका हुन् तर उद्योगीले चासो नदेखाउँदा लामो समय बितिसक्दा पनि आन्दोलन निष्कर्षमा पुगेको छैन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित