FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • १५ जिल्लाका ५० हजारभन्दा बढी गाइमा लम्पी स्किन रोग, रोग नियन्त्रणमा सम्बन्धित निकायको ढिलासुस्ती

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    १५ जिल्लाका ५० हजारभन्दा बढी गाइमा लम्पी स्किन रोग, रोग नियन्त्रणमा सम्बन्धित निकायको ढिलासुस्ती

    विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको मारमा परेका दूध किसान पछिल्लो समय गाईमा देखिएको नयाँ रोग लम्पी स्किन रोग बाट प्रभावित भएका छन्। नेपालमा पहिलो पटक साउनमा देखा परेको यस रोग हालसम्म १५ जिल्लाका ५० हजार गाईमा देखिएको पशु सेवा विभागले बताएको छ । समयमै रोग नियन्त्रणकोलागि प्रयास नगर्ने हो भने दूध उत्पादन घटेर विदेशीमा भर पर्नुपर्ने अवस्था आउन सकने विज्ञहरुले बताएका छन् । नेपालमा यसको लागि कुनै ठोस उपचार नभएको हुदा भेटनरी प्राविधिकको सल्लाहमै लक्षणअनुसार उपचार गर्नुपर्ने बाध्यता छ । यो रोग लागेपछि गाईले दूध कम दिने हुदा उत्पादनमा समेत रास आउँछ । कोरोनाका कारण दूध नबिकेर पिडामा परेका किसानमा अहिले थप पिडा थपिएको छ । रोग लागेपछि गाईलाई ज्वरो आउने, दूध घट्ने, आँखामा कचेरा लाग्ने गर्दछ । किरा, लामखुट्को टोकाइबाट यो रोग सजिलै सर्ने भएकाले गाईलाई किराको टोकाइबाट जोगाउन पर्छ । पशुपन्क्षीमा यो रोग देखिएको एक महिना भन्दा बढी समय भइसक्दा पनि पशुसेवा विभागले रोग निदानको लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलमा पहल भैरहेको जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित