FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गुणस्तरहीन बिउका कारण जुगल गाउँपालिकाका किसान मारमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    गुणस्तरहीन बिउका कारण जुगल गाउँपालिकाका किसान मारमा

    धानमा रोग देखिन थालेपछि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ४ का किसानहरु यती बेला चिन्तामा छन् । उनीहरुले एक्ले धानको बिउ रोपेका थिए । धानको बिउ गुणस्तरहीन पर्दा अहिले बाललाग्नुपर्ने धान सुक्न थालेको छ भने धानको गाँजपनि बढेको छैन । स्थानीय किसान चिन काजी गुवाँजुका अनुसार उनीहरुले जलबिरे बजारबाट धानको बिउ किनेर लगेका थिए । प्रतिकेजी ८ सय रुपैयाँमा किनेको बिउ गुणस्तहीन पर्दा उत्पादन घट्ने साथै घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले उनीहरुलाई सताउन थालेको छ । धानमा उवाँरो रोगको प्रकोप पनि देखिएको छ । भने रोग नियन्त्रणमा समस्या भएको छ । कुन प्रकारको औषधी प्रयोग गर्ने ज्ञान नहुनु साथै स्थानीय सरकारले पनि वेवास्ता गर्दा उनीहरु थप समस्यामा परेका छन् । गुणस्तरहीन बिउ बिक्री गरेर किसान ठग्नेलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । धानमा रोगको प्रकोप देखिदा प्राविधिक सल्लाह लिने ठाउँ नहुनु साथै किसानका समस्या समाधानमा स्थानीय सरकारले वेवास्ता गरेको उनीहरुको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित