- Loading...
मार्सी धानमा ब्राउन स्टोप रोगको प्रकोप
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


जुम्ली मार्सी धानबालीमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेको छ । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका किसान रोग देखिन थालेपछि चिन्तित बनेका हुन् । कृषि विज्ञसहितको टोलीले तातोपानी गाउँपालिका–४ र ५ मा मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो । तातोपानी गाउँपालिकाका ४ र ५ वडाका मार्सी धान रोपेका खेतमा गरेको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आर्चायका अनुसार अनुगमनका क्रममा फाटफुट रुपमा व्लाष्ट रोग देखिएको छ भने मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको छ । पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गर्दछ । मार्सी धान भित्रियाउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ ।।


