FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विश्व बजारमा नेपाली चिया

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    विश्व बजारमा नेपाली चिया

    काठमाडौं । नेपालमा चिया उत्पादन सुरु भएको १५७ वर्षपछि आफ्नै लोगो, ट्रेडमार्कमा नेपाली चिया निर्यात हुने भएको छ । नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख ईन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

    कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको र पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले सो लोगो पाउने उहाँको भनाई छ। उहाँले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताउनुभयो । तर स्वास्थ्य, वातावरणीय, पर्यावरणीय लगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो दिइने छ ।

    अहिले प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो भने लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारीले बताउनु भयो। कानुनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन अब लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने देखिन्छ। नेपालबाट विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित